अर्जुन जम्नेली राई

मोरङ । दसैं-तिहारकाे नाममा पसुपंक्षी हत्या नगर्न र देवताको नाममा मारिएका पशुको आत्मा शान्तिको कामना गर्दै मोरङ पथरीशनिश्चरे-१० स्थित ओम सियार जम्मुलिङ बज्र गुम्बामा २१ दिने विश्व शान्ति पूजा भइरहेकाे छ ।

नेपाल तामा लामा घेदुन संघीय कार्यालयको आयोजना र गुम्बाको ब्यबस्थापनमा असोज १८ देखि कात्तिक १० गतेसम्म कार्यक्रम हुने आयोजक समितिका ब्यबस्थापक चन्द्र तामाङले बताए ।

मानवीय सुख, शान्तिको नाममा बलि भोग दिँदा पाप लाग्ने कुरा चेतना जगाउँदै चाडपर्बको नाममा हत्या भएको पशुपंक्षीको आत्मा शान्तिको लागि कामना गर्दै आएको छ ।

कार्यक्रममा लामा पाल्देन योन्जनसहित सातजना गुरुहरुले दैनिक पुजा, ध्यान, व्रत बस्दै आएका छन् । लोभ, क्रोध, मोहबाट मुक्त भए बुद्धत्व लाभ गर्न सकिने कुरा गुरुहरुले भक्तजनहरुलाई शिक्षा दिने गरेको स्थानीय बालकुमार तामाङले बताए ।

यही कार्यक्रमअन्तरगत १ नम्बर प्रदेशभरिको १०२ जना लामा र आनिहरुलाई योग ङोण्डो, कोन्छोग्चिदुङ र थुजेछेन्पो लामा तालिम समेत हुँदै आएको छ । ङोण्डो कोर्स पूरा गर्नेहरुले छेवरसम्म गराउन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here