तस्बिरः कुमार लिङदेनबाट

काठमाडौं । अरुणपूर्वका ९ जिल्ला लिम्बुवान प्रान्त बनाउने एजेण्डा बोकेर हिडिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले खगेन्द्रजंग गुरुङ नेपालको वास्तविक हिराे भएको बताएका छन् ।

आदिवासी जनजातिको राजनीतिक अधिकार स्थापित गर्न चाहने गुरुङलाई आफूले ढिलो गरी भेट गरेकोमा लिङदेनले पश्चाताप समेत गरेका छन् ।

उनले आफ्नाे फेसबुक पेजमा गुरुङ हाल अस्वस्थ रहेकोले स्वास्थ्यको कामना गर्दै गुरुङको इतिहास समेत उल्लेख गरेका छन् ।

शिघ्र स्वास्थलाभको कामना,

“एकजना साच्चिकै हिरो ,श्रद्देय खगेन्द्र जङ गुरुङ ज्यु को शिघ्र स्वास्थलाभको कामना गर्दछु”

केही दिन अघि उहाँ आफ्नै रुमको बाथरुममा लडेर घाइते हुनुभै हाल नर्भिक अस्पताल ,काठमाडौ मा उपचाररत हुनुहुन्छ ।
हिजो सम्म उहाको स्वर उस्तै चर्को थियो तर आज बिहानै कल गर्नु भै अलिक मलिन स्वरमा – कुमार जि,म तपाइ लगायत केही पहिचानबादी नेताहरुलाइ भेटन चाहान्छु ,आउनुस न ।

मनाङमा उहाका पुर्खाहरुलाइ राज्यले नै ५०० वटा पुरानो खालको राइफल दिएको,
पछि उहालाइ नै बिद्रोही भन्दै युवा महेन्द्रले निगरानी बढाएको,
उहाँ भागेर मनाङ,तिब्बत ,दार्जिलिङ हुँदै दिल्ली पुगेको,
जो महेन्द्र सङ्ग भाग्दै हिडेको त्यही महेन्द्रलाइ दिल्लिमा अचानक भेटेको,
त्यही महेन्द्रले गुरुङलाई उन्कै प्लेनमा काठमाडौ ल्याएको,
र कसैले थाहा नपाउने गरि मनाङ ,तिब्बत हुँदै तत्कालिन राजा महेन्द्रले गोप्य चिट्ठी बोकाएर बेजिङमा माओत्सेतुङ लाई भेटन पठाएको,
१७ बर्शको कलिलो उमेरमा राजाको चिट्ठी बोकेर माओत्सेतुङ लाई भेटेको,
चिट्ठी मा के छ भनेर माओकै मुखले भनेको – ” महेन्द्रले लेखेको छ – म अब बाहुनलाइ शासन दिन्न यिनिहरुले देश सिध्याउछन ,अब म नेपालमा नै थातथलो भएको आदिबासी हरुलाइ अघि बढाउछु ,त्यसमा चिनको साथ चाहियो ।”

महेन्द्रको त्यही प्लान अनुसार खगेन्द्र जङ गुरुङ लगायत धेरै आदिबासिले महेन्द्र राजालाई साथ दिएको,
पन्चायतको सिमाङकन हुने बेला सम्म ठिकै थियो – त्यहिको रैथाने भाशा र रैथाने जातिले जित्ने सिमाङ्कन गरिएको, तर जब क्यान्टोनहरु बनाउने बारेमा महेन्द्रले आलटाल गरेको,

जब २०१९ सालमा देशलाइ हिन्दु रास्ट्र घोशणा गरियो तब महेन्द्र पुरै आदिबासी बिरोधी हुन थालेको,

चितवान तिर काङ्ग्रेसको नाममा धेरै युवा गुरुङहरु मारियो पछि खगेन्द्र जङ गुरुङले मन्त्री पदबाट राजिनामा दिएको तर स्वीकृत नभएको,
त्यसपछी उनले महेन्द्रलाइ हरेक भेटमा माओलाइ पठाएको चिट्ठी लागू गर्न भनेको,
महेन्द्र झन आदिबासी बिरोधी जुदै गएको,

०२३ सालमा खगेन्द्र जङ मन्त्री नै भएको बखत मनाङ लम्जुङबाट हजारौ गुरुङ्हरु तमु स्वायत्तता चाहियो भनी काठमाडौ मार्चपास शुरु गरेको,
गोर्खामा आइपुग्दा खगेन्द्र जङ गुरुङलाइ पक्राउ गरि दुई बर्श जेलमा थुनिएको,

त्यही बिचमा ईन्डिया को प्रधानमन्त्री इन्दिरागान्धी ले सिधै खगेन्द्र जङ्ग गुरुङलाइ भेटन बोलाएको,
र जाने बेलामा चितवन दियालो बङलामा महेन्द्र सङ भनाभन भएको,
दिल्ली नपुग्दै महेन्द्र को मृत्यु भएको,

दिल्लिमा इन्दिरा गान्धिको मुखबाट बिपि कोइरालाको बास्तबिकता थाहा पाएको,

०३६ सालमा सबै आदिवासीहरुले बहुदलमा भोट दिउ भनेर लबिङ गरेको तर पुर्ब तिरका केही पन्छे राई लिम्बू नेताहरुले निर्दलमा दिनु पर्छ भनेर लबिङ गरेकोले सेतामगुरालिको मिटिङ सफल नभएको,
तर अचम्म जब सबै गुरुङहरु बहुदलको पक्षमा भोट दिन उतृये तब हिजो सम्म बहुदल भन्दै कराउने अन्य जातिहर रातारात निर्दल भएको,
सबै गुरुङहरु बहुदल भये अब के गर्ने भन्दा बिपि स्वयमले तिमिहरु निर्दललाई भोट देउ भन्ने गोप्य सर्कुलर आएको हल्ला भएको,
०४७ सालमा नेपाल रास्ट्रीय जनजाति पार्टी खोल्दा अध्यक्ष रुपमा खगेन्द्र जङ गुरुङ को भनाइ – पस्चिमबाट गुरुङ मगर एक लाख आउछौ,पुर्बबाट राई लिम्बू एक लाख आउनु ,अनि नेवार तामाङ एक लाख निस्कन्छ ,अनि तीन लाखले शान्तिपूर्ण रुपमा काठमाडौ धर्ना दिउ भन्ने रहेछ ।
तर त्यसबेलाका केही जनजाती नेताहरुले खगेन्द्र जङ को पछि लाग्नु हुदैन मरिन्छ भनेर उहालाइ अध्यक्ष बाट हटाएर जनजाति पार्टी र जनमुक्ति मोर्चा एकीकरण गरेर रास्ट्रीय जनमुक्ती पार्टी बनाइएको रहेछ ।

श्रद्देय खगेन्द्र जङ गुरुङको क्रान्तिकारिता त्यतिमै रोकिएनछ,प्रचन्डको अनुरोध पछि माओबादिलाइ समर्थन गरेछन,
सेना र माओबादी दुबै पक्षबाट मनाङको उहाको घरबाट २० करोड बराबर को हिरा मोति लुटिएछ / उहाको बाजे नै अति बाठो ,अति धनी रहेछ्न ।

माओबादीको नाममा उहालाइ सेनाले इन्काउन्टर गर्न शरीर खोतल्दा महेन्द्र राजाले सहि गरेर उहाको नाममा दिएको पेस्तोलको लाइसेन्स गोजिबाट भेटेपछी उहाँ इन्काउन्टर बाट जोगिनु भएछ ।

यसरी एउटा रियल हिरो हुन खगेन्द्र जङ गुरुङ ।
मलाइ पस्चाताप लाग्छ उहाँ सङ धेरै पछि मात्र भेट भयो ।
नेपालमा मैले खोजेको क्रान्तिकारिता उहामा भेटे,
उहाको कथाले मेरो मन जित्यो,
तब तत्काल मैले उहाको साढे सात घन्टाको अन्तरबार्ता लिये र युट्युबमा राखिदिये ।
उहाँ र मेरो पाच घन्टा तातो बह्स पछि एकपल्ट यो एकात्मक बादिहरुको सम्सदको कुर्सी भाच्न र माइकले यिनिहरुको गिदि निस्किने गरि हानाहान गर्न यसपल्ट को सम्सदिय चुनाबमा देशब्यापी चुनाबमा जाउ भन्ने बारे अलिअली सहमति हुँदै थियो,

तर उहाँ बिरामी खबरले दुखी छु,
शिघ्र स्वास्थलाभको कामना गर्दछु ।

जय तमुवान, जय लिम्बुवान,जय १०+१ प्रान्त,

शिघ्र स्वास्थलाभको कामना," एकजना साच्चिकै हिरो ,श्रद्देय खगेन्द्र जङ गुरुङ ज्यु को शिघ्र स्वास्थलाभको कामना गर्दछु "…

Gepostet von Kumar Lingden MIrak Page am Montag, 7. Oktober 2019

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here