धर्मेन्द्र नेम्बाङ

१. आम्बा भन्नुहुन्थ्याे 

तिमीहरु तरवारकाे धारमा टेकेर हिनेका छाै । तिमीहरु एक क्रान्तिकारीहरु हौ ।

असन्तुलित नहुनू । कोही एकजनाकाे असन्तुलनले सबैजना सोही धारकाे अचानोमा पर्छौ ।

एसरी आफूलाई बुझ्नू ।

स्थिति चित्रण गरेर सम्झाउनुहुन्थ्याे बा (आम्बा) ।

याे घर परालकाे त्यान्द्रो जस्तो व्यवहारले धानेको छ । कसैले आगो नलगाउनू । कसैले आगाे झोस्छकि, याद गर्नू ।

आम्बा एसो भन्नुहुन्थ्यो ।

लामो कालखण्डमा थाहा भयोकि । आफैँले टेकेको पाइतलालेनै मान्छेलाई टोक्ने रहेछ । आफ्नै पाइतलाले आगो झोस्ने रहेछ ।

२. फरक आयामको झण्डा

जीवनका आयामहरुलाई फरक तरिकाले नियाल्नू । फरक तरिकाले बुझाउनू ।

दीर्घ जीवनको मिति सकियो । जीवन ह्रस्व छ भन्नू ।

पात्रहरु अन्डर इरेजर भएर क्रेता भएको छ भन्नू । आर्थिक मानवलाई ध्यान दिनू ।

क्रेताले राताे बाघ प्रतिविधा बन्नू । विधा विघटन भएर प्रतिविधामा पुग्नू ।

जी वन हाे । जीवनलाई टुक्राएर हेर भन्नू ।

पाठको आयु सकेर खेल भएको छ भन्नू ।

अनि म एक खेलक हुँ । लेखक विघटन भयाे भन्नू ।

प्रयोग अभ्यास विघटनले यहाँ पुगियो भन्नू ।

अहिले आइपुगेको छु मिनिमलिजममा । एसलाई सजिलोको लागि छोटकरीवाद भन्नू ।

म थिएछु एक फरक आयामेली । फरक आयामवादी भएछु । डेरिडाको डिफरान्स जस्तै ।

मैले नि फरक आयामको झण्डालाई उचालेर हिँडेको रहेछु ।

३. कविता तङ्सिङ् भाग १ 

तङ्सिङ् र कविता संगै उभिएको थियो अनदेखा भएर । सयौँ जूनीदेखि । हिमालय पर्वमा ।

मैले भनेँ,

कविता एता आऊ । तङ्सिङ् उता जाऊ

ठाउँ ठेगाना बदलियो नि । दिशा दृष्टी बदलियो नि ।

क्रेता र विक्रेताहरुको या तिमी र तिनीहरुको ।

कविता अलि वर आऊ । तङ्सिङ् अलि वर आऊ ।

अब नजिक भयौ है । नबाझी मिलेर गरिखाऊ ।

(याे अस्तित्व, अपनत्व र स्वामित्वकाे कविता हाे ।)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here