काठमाडौं । दसैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा राख्ने होडबाजी चलिरहेको छ अहिले ।

नेता, कलाकार, पत्रकार, लेखक आम मानिसले फेसबुक, ट्वीटर र इन्स्टाग्राममा दसैंको फोटो अपलोड गरिरहेका छन् । कलाकार तथा मोडलिङमा लागेकाहरुले इन्स्टाग्राममा बढी तस्बिर राखेका छन् ।

यसैक्रममा फेसबुकमा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’ र कुमार कट्टेल ‘जिग्री’को दसैंको तस्बिर भेटिएको छ । यी तस्बिर जिग्रीले आप्mनो फेसबुक पेजमा राखेका हुन् ।

जिग्री भद्रगोलका प्रमुख पात्र हुन् । उनी सिताराम कट्टेलका भाइ हुन् । सिताराम आजकल टेलिफिल्ममा देखिन छाडेका छन् । उनी हाल चितवनमा अन्तार्राष्ट्रिय रंगशाला बनाउने अभियानमा छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here