अर्जुन जम्नेली राई

मोरङ । मंगोल नेशनल अर्गनाइजेशन पार्टी पथरीशनिश्चरे र सुनबर्षी मोरङले संयुक्त रुपमा कालो टीका लगाएर दसैं बहिषकार गरेको छ ।

आज (असोज २१) गते मोरङको पथरीमा कार्यक्रमको आयोजना गरी कालो टीका लगाएर दसैं बहिष्कार गरेका हुन् ।

मंगोल नेशनलको १ नम्बर प्रदेश सदस्य पदमा तामाङले उपस्थित सहभागीहरुलाई टीका लगाइदिएका थिए । संगठनको प्रदेशसभा सदस्य देवनारायण धिमालले मंगोल घले राजाको टाउको काटेर दसैं (विजय दशमी)को सुरु भएकोले अहिन्दू मंगोलहरुले टीका लाउन नहुने बताए ।

रातो टीका पूर्खाको रगत, सेतो आत्मसमर्पण र बिरोधस्वरुप कालो टीका लगाइएको धिमालले बताए ।

कार्यक्रममा प्रदेश सदस्य शिवकुमार राई, जिल्ला सदस्य भीम लिम्बू, सुनबर्षी नगर अध्यक्ष महेन्द्र राजवंशी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here