काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले यसवर्ष पनि दसैंको टीकाको दिन काठमाडौंमा सर्वसाधारणलाई निःशुल्क यातायात सेवा दिएका छन् ।

समाजवादी पार्टीका नेतासमेत रहेका शेर्पाले तीन वर्षदेखि दसैंको दिन विहान ७ देखि बेलुकी ७ बजेसम्म सर्वसाधारणलाई आफ्नै गाडीमा राखेर विना शुल्क यातायात सेवा दिन थालेका हुन् ।

आफूहरु दसैं नमनाउने भएकाले दसैं मनाउनेहरुलाई दसैंको दिन गाडी नपाउनेहरुलाई उनीहरुको गन्तव्यसम्म पुर्यादिन थालेका हुन् ।

उनले सर्वसाधारणलाई गाडीमा राख्छन्, फेसबुकमा लाइभ गर्छन् र कसैले प्रश्न सोधे आफूहरुले दसै नमनााउने भएकोले मनाउनेहरुलाई सहज होस भनेर यो काम गरिरहेको बताउँछन् ।

शेर्पाले खाना खाने र खाजा खाने समय बाहेक दिनभरि नै सेवा दिने बताएका छन् ।

काठडमाडौंको बौद्ध घर भएका शेर्पाले बुढाबुढी, छोरी मान्छे र बालबच्चाहरु लिएर हिड्दा दसैंको टीकाको दिन गाडी नपाएर दुःख पाएकाहरुलाई सेवा गरेका हुन् । सो क्रममा उनले शेर्पाहरु दसैं नमनाउने आप्mनो संस्कारमा नभएको कुरा पनि यात्रुहरुसँग भन्ने गरेका छन् ।

हाल एकथरि आदिवासी जनजातिहरुले दसैं मान्दैनन् । उनीहरुले दसैंलाई हिन्दूहरुको चाडसँग जोडिएकोले मान्न छोडेको बताएका छन् ।

Gepostet von Ang Kaji Sherpa am Montag, 7. Oktober 2019

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here