-किवाङ हाङ राई

दशै नया शासकले पुर्खाहरुलाई पराजित गरी आफ्नो बिजयमा मनाएको बिजय दशमी भन्दै, पुर्खाको रगत मुछेर लगाएको टिका भन्दै , दशै मान्न इन्कार गर्दा रामलीहांग र रिदामालाई फाँसी दिएको, हिन्दु चाँड जबर्जस्ती लादिएकैहो भन्दै केही मंगोल बर्ग दशै बहिस्कार गर्न बर्षको करिब १ महिना कराउदै आएको पनि २९ बर्ष भयो; यो बर्ष पनि यस्तै भईरहेछ : दिनको ५-१० मैसेज पाएकै हुन्छु ;त्यसैले

मेरो बिनम्र जवाफ
तत्कालिन नया शासकले बिजय हासिल गरेर बिजय गरेको उपलक्ष्यमा दशै मनाएको हो भने त्यो उस्को खुशी र अधिकार को कुरा हो, तिमीले हार्नु पो हुदैनथ्यो( त्यस हारबाट शिक्षा लिनु पर्ने होईन र ?), दशै मान्ने हुकुम लागु गरयो भने पनि नया शासकको अधिकार नै उस्को प्रजा भएको काराण मान्न कर लाग्थ्यो र लाग्यो तर यो यकिन छैन( तल ३ नं.हेरौ) ; म त्यो बिजयी शासक भएको भए म पनि आफ्नै शासन लगाउने थिए ; आज पनि नया सरकार गठन भएपछि नयां आदेश नीति आउने गरेकै छ ।

आज पनि जबर्जस्ती मान्नै पर्छ भनेर प्रहरी सेना लगाएर दबाव दिदैछ भने त्यस्को बिरोध हुन्छ गर्नु पर्छ : त्यस्तो भएको मैले समाचारमा सुनेको छैन :

आज लोकतन्त्र ल्याईसके, गणतन्त्र ल्याईसके : मौलिक हक र स्वतन्त्र ग्यारेन्टी गरिसकेको अवस्थामा दशै मान्नु नमान्नु तपाईको स्वबिचार हो;

म चाही निम्न कारणले दशै मान्छु
१) आफ्नो मान्यजन मान्ने असल चलन निरन्तरता दिनु;
२) मान्यजनबाट सृष्टिकालदेखी पाउदै गरेको आशिष (सेतो टिका)पाउन, यो असल परम्परालाई निरन्तरता दिनु;
३) हिजो हाम्रो पुर्खा युद्दमा हारेकै हुन : युद्द जिते बापत नै बिजय दशै मानेको हो भन्ने यकिन ईतिहास छैन :

हामी शक्तिबिहिन निरही अवस्थामा छौ : शक्तिशालीहरु थप शक्तिको लागी शक्तिपिठहरुमा आस्थापुर्ण पुजा भक्ति गर्दैछन : शक्तिको देबीको पुजा गर्दा गल्ति कसरी हुन्छ ? आफै बिश्लेषण गरौ;
शक्ति प्राप्त गर्न म आफ्नो कुलदेवता देखी सबै सबै देव देवी भगवानहरुको सम्मान भक्ती र पुजा गर्छु :
👉शक्ति हासिल गर्नु ;

४) म आशुर होईन त्यसैले मान्छु -दशै आशुर(राक्षस) मांथी देबीको बिजयमा मनाईन्छ भन्ने मुख्य कथा( सिद्धान्त) मा मानिदैआएको हो म हामी आशुर( राक्षस) होईनौ : यसले तपाईलाई के असर गर्यो ? बिश्लेषण गरौ;
म देव पक्षधर हुँ , आशुर राक्षसी प्रवृतिमाथी बिजयी पाउनै पर्छ त्यो आशुर प्रवृतियाँ गत बर्ष निर्मला पन्तलाई होसको शिकार बनाउदै ज्यान लियो, यो बर्ष रोशनी शाहीमाथी खनियो : यस्ता राक्षसीपन पराजित गर्न दशैको आदर्श हो;

५) सत्यपक्षधर दशै मान्छु- असत्यमाथी सत्यको बिजय : हामी सधै सत्यबादी हौ :
हामी भित्र रहेको असत्य(बिकृति बिसंगति अगतिशिल) त्यागौ : पराजीत गर्दै प्रगतिशिल पथ भई अघि बढ्न दशैको आदर्श हो,

६) बहुजातिय, बहुभाषिक , बहुसास्कृतिक बहुधार्मिक मेरो देश,सबै धर्मावलम्बीहरुको चाँड मेरो आफ्नै चाँड : सहअस्तित्व, भाईचाराको लागी दशै मनाउछु ; साकेंन्वा साकेला मनाउन सबैलाई आह्वन गर्छु;

त्यसैले म दशै मान्छु : अनन्तकाल देखी मेरो पुर्खाले लाउदै आएको सेतो टिका लगाउछु : मेरो मान्यजनबाट आशिष लिन्छु : मेरो कनिष्ठ प्याराजनलाई आशिष दिन्छु ।

बहिसकारबादीहरु – मैले देखेको दशै बहिस्कार
केवल पुजा गर्न,
मान्यजनको टिका लाउन मात्र बहिस्कार गरेका छौ

दशैको नाम असीमित मासु रक्सी बियर सेवन बहिस्कार गरेको छैनौ : मैले देखेको छु :

अन्तमा
“गज नैब अश्व नैब ब्याग्रं नैबच नैबच :
अजात पुत्रों बली : दैवों दुर्वल घातक “ अर्थात
जबसम्म तिमी निर्बल दुर्वल कमजोर रहन्छौ : तबसम्म दैवले पनि तिमीलाई नै घात गर्नेछ : शिंह झै शक्तिशाली बने देबीको बाहन हुनेछौ : सिकारी बांज झै दुरदृष्टि राखे CIA(America) को ट्रेडमार्क बन्नेछौ : रागों, बोको, सुंगुर झै रहीरहे काटिमाग्नेछौ, बली चढ़ाई माग्नेछौ : अर्थात सधै शासित भइरहनेछौ ।

(किवाङ हाङ राई किरात राई यायाेक्खाका केन्द्रीय सदस्य, पूर्व एसएसपी, र हाल अधिवक्ता समेत हुन्)

4 COMMENTS

  1. सुर असुर मा बिस्वाश गर्नु ,मैसासुर र दुर्गा को हुन नबुझी ब्राह्मणको काल्पनिक लेख लै बिस्वास गर्नु , आफ्नै पुर्खा मारिएको र पराजय भएको था भै भै आर्यहरुको बिजय दसमिलाइ, आफ्नो बाबू बाजे मारेको र हारेको दिनलै नै बिजय उत्सव मनाउनु भनेको मान्छे होइन जनावर हुन सक्छ । मान्छे भए रिस इख बदलाको भावना हुनु पर्ने हो ।

  2. इवाङ दाइ यदि बुज्नु सक्नु हुन्छ भने किन बाहिस्कार गर्दैछ किन इन्कार गरे के कारणले सम्पुर्ण नेपालीहरुको चाड हुनसकेन त्यस भित्रको रहस्य के छ खोज्ने कोसिस गर्नुहोस् दाइ हजुरलाइ त बानी परिसक्यो किनकि त्यो दशैलाइ इन्कार गर्नु भएको भए साएद हजुरलाई सिपाही बाट नाम कटुवा गरेर निकाली दिन्थे होला तर स्विकार्दै आउनु भो नेपाल प्रहरीको ssp बाट बिदा लिनु भो अब हजुर को रिटाएर जीवन खोज अनुसन्धान मा रहोस् म यो कारण मान्छु भनेर भ्राम छर्ने घमण्ड नगर्नु होस हरेक कुराको परिवर्तन तपाईं हामी बाट नै छ

  3. Thuikka mula saag. Tei hindu harko desh sansaarko sabai vanda bhrasta ra kamjor desh hun kina thaha xa. Tei Hindu culture le sirjana gareko soch bichaar ra byabahaar le garda ho.

  4. Yo hawa kura garxan asari garera ni sakti prapta hunxa
    K dasain manera sakti gyan prapta garera america chandra ma ma pugeko ho
    Ani wrestler leni game jiteko ho
    Hawa rudhibadi kura garxa 21 st century ma pani

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here