बलराम प्यासी

गत असोज १२ गते आइतबार राति भएको रोशनी बलात्कार आरोपको घटनामा कृष्णबहादुर महरालाई बलात्कारी मान्न मिल्दैन । यो घटनामा महरा र रोशनी दुवै बराबरका दोषी या दुवै निर्दोष हुन सक्छन् । महराको सभामुख पद गए जस्तै रोशनीलाई पनि उनको सरकारी कर्मचारीको पदबाट निलम्बन गरी समान रुपमा अनुसन्धान र सजाय गरिनुपर्छ ।

बलराम प्यासी

के महरा र रोशनीबीचकाे यो पहिलो यौन सम्पर्क (रोशनीको आरोपमा बलात्कार) हो ? पक्कै पनि होइन । २०४७ सालदेखिको सम्वन्धमा यो पहिलोपटक नभई सयौं भन्दा बढी पटक हुनुपर्छ । यदि ‘बलात्कार’ नै हुँदो हो त पहिलोपटक नै किन रोशनीले प्रहरीमा उजुरी गरिनन् ? यस अर्थमा महरा महिला उद्धारक हुन् ।

‘मन मिलुन्जेल समभोग, मन नमिलेपछि बलात्कार ?’ महराले रक्सी लिएर आएको एक घन्टासम्म दुवैजना मिलेर पिई यौनसम्पर्क गर्ने अनि २/४ झापड लगाएपछि महराले बलात्कार गरे भनेर आरोप लगाउन मिल्छ ? रक्सी लिएर महरा कोठामा आउने बित्तिक्कै रोशनीले किन प्रहरीलाई खबर गरिनन् ? किनकी त्याे पहिलो सम्पर्क थिएन । सदाझैं त्यसमा रोशनीको पूर्ण सहमति थियो र सहमतिमै यौनसम्पर्क हुँदै आएको हो भनेर मान्न सकिन्छ । दुवैजनाको लागि उपयुक्त र सुरक्षित ठाउँ नै रोशनीको डेरा थियो ।

‘काम’ सकिएपछि दुवै जनामा तँ/तँ र म/म भएपछि हात हालाहाल भएको हुनुपर्छ । यौनसम्पर्कको चरम उत्कर्षमा पुग्दा एक आपसमा टोक्नु र चिथोर्नु नौलो कुरो मानिन्न । तर चित्त नबुझेपछि त्यही टोकाई र चिथोराईलाई उछालेर हत्या प्रयास गर्यो भनेजस्तै देखियो यो घटना ।

रोशनीलाई महंगा उपहार दिएर खुसी पार्दा चाहिँ कसैले महरालाई ‘स्याबासी’ नदिने, कुरा नमिलेर २/४ झापड हान्दैमा के को बबन्डर ? अनि सहमतिको यौन सम्पर्कलाई बलात्कार भनिदिने ? अर्काकी स्वास्नीसँग यौनसम्पर्क गर्न पाइन्छ त ? पाइन्न नि । तर मन मिलेपछि र अपर्झट ‘अफर’ आएपछि सक्नेले गर्छन्, नसक्ने पछि हट्छन् । यसमा के को टाउको दुखाई ? यस अर्थमा महरा महिला उद्धारक हुन् । उनले सके, गरे ।

ठमेलको मसाज पार्लर सम्वन्धी एउटा कार्यक्रममा काठमाडौंका एकजना तत्कालिन प्रहरी उपरीक्षकले ‘के प्रहरीले चाहिँ गर्न हुँदैन’ भनेर कतै लेखेको छ ?” भनेर प्रश्न गरेजस्तै सभामुखले चाहिँ आफ्नो प्रेमिकासँग ‘गर्न’ हुँदैन भनेर कतै लेखेको छ र ? (मात्रै अर्काकी श्रीमती परेर र घटना बाहिर आएर न गल्ती देखिएको हो, नत्र Everything is Fair in Love & War) अनि पछिल्लो समयमा यस्ता घटना नौलो हुँदै होइन । Remittance को पछि कुद्ने धेरैकी श्रीमतीको यस्ता यौनकाण्डका समाचार दर्जनभन्दा बढी त मैले नै लेखेको छु ।

त्यसो त यसअघि पनि राजधानीमा एकजना प्रहरी अधिकृतकी श्रीमतीलाई उनकै गार्डले, एकजना चर्चित डाक्टरकी श्रीमतीलाई उनकै चालकले अनि गतवर्ष मात्रै एकजना CDO की श्रीमतीले श्रीमानको सरुवा लगत्तै कोठामा नियमित रुपमा Boy Friend राखी यौनसम्पर्क गर्ने गरेको घटना पुरानो होइन ।

श्रीमानले आफ्नी श्रीमतीको माग पुरा गर्न नसक्ने, अनि अरुले पुरा गरिदियो भनेर के को आरिस ? मैले चिनेकै एकजना डाक्टरले यतिखेर घरमा श्रीमती हुँदाहुँदै बाहिर थप ३ वटी Girl Friend राखेका छन् । त्यसमा कसैले टाउको दुखाएर हुन्छ ? परेपछि उनी आफैं बाेहाेर्छन् ।

यौन काण्डबारे तीन दर्जनभन्दा बढी समाचार लेखेको अनुभवको आधारमा लेखेको यो मेरो व्यक्तिगत विचार हो ।

(प्यासी पत्रकार हुन्)

1 COMMENT

  1. हो रहेछ । रकसी बोकेर गएर बलातकार गरी उदधार नै गरे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here