टंक सेलिङ

निम्न दुईवटा कुराले दसैंकाे उत्सव मानव समुदायको निम्ति सही छैन ।

१) हत्या/हिंसा गरी राज्य सत्ता लिनु ठीक भन्ने महाआख्यान गलत छ । जस्तैः रामले रावणलाई हत्या गरी सत्ता लिनु सही हाे भन्ने रामायणवादी महाआख्यान गलत छ ।

अर्को तथ्य, रावण आफैमा राम भन्दा धर्मात्मा रहेकाे तथ्यहरू पाउँछाै । कुटिलता, पाप र जाली कर्मलाई समेत बैध ठहर्याउने दसैंकाे गलत मानकतामाथि प्रश्न छ ।

२) असुर जातीहरू धर्मात्मा र इमान्दार रहेकाे तथ्य पाउँछाै । यी जातीहरू द्रविड समुदाय अन्तर्गत पर्छन् र भैंसी पाल्ने भएकोले महिषासुर समेत भन्थे ।

भारतकाे उत्तरी भागमा बसाेबास गर्ने, यिनीहरू महिला जातीको हत्या/हिंसा गर्दैनथे । तर, सुर जातीहरू गाई पाल्थे । यिनीहरू बढाे कपट गर्थे । द्रविड वंशी अर्थात असुरहरूकाे राज्य हत्याउन, महिलाहरूलाई पठाएर असुरकाे कत्लेआम गरेका हुन् । किनभने द्रविड/असुरहरू महिलाको हत्या गर्दैनथे ।

टंक सेलिङ

ती महिलाहरूलाई धर्मशास्त्रमा देवीका रूपमा चित्रित गरेका छन् । तर तिनीहरू देवी नभई हत्यारा महिलाहरू हुन् । दसैं सम्बन्धी यो आख्यानले कपट, हत्या/हिंसा र अनैतिकतालाई वैध ठहर्याउँछ । र त दसैंकाे भास्य गलत हुन जान्छ ।

यी दुई तथ्यहरूले दसैंलाई उत्सवकाे रूपमा मनाउनु गलत ठहर्छ । दसैं सम्बन्धी यी प्रश्नहरूकाे उत्तर खाेजिएन भने पूर्वीय दर्शनमाथि नै गलत नजिर र भास्य निर्माण हुनेछन् । आधुनिक राज्यको लाेकतान्त्रिक प्रणालीमाथि नै दसैं जस्ता चाडहरूले प्रश्न खडा गरेका छन् । त्यसैले मेराे पनि दसैंमाथि प्रश्न छ ।

याे सामग्री टंक सेलिङकाे फेसबुकबाट लिइएकाे हाे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here