यदि धर्मआस्था परिवर्तन गर्नुगराउनु  अपराध हो भने इतिहासमा भाषाधर्म र संस्कृतिकै कारण मारिएका अहिन्दूहरूको मुल्य आजको हिन्दूहरूले चुकाउनुपर्छ । 

धर्मपरिवर्तन गर्न पाइँदैन भने राज्यले नै बाैद्धबाट हिन्दू बनाएका नेवारहरूलाई बाैद्ध कायम गरोस् । बोनबाट बुद्धिष्ट भएका तामाङहरूलाई बोन कायम गरियोस् l

आदिवासीजनजातिहरू जसको इतिहासमा आफ्नै धर्मआस्था थियो । उनीहरूलाई त्यो इतिहासको आस्थामा फर्काओस् धर्मपरिवर्तन गर्न पाउँदैन भने पृथ्वीनारायण शाहको सन्तानवशंलाई पनि मुस्लिम धर्ममा फर्काउ जनगणनामा लाखौँ आदिवासीजनजातिलाई नसोधी हिन्दू लेखिएको दस्तावेजहरूलाई खुल्ला मैदानमा ल्याएर च्यातियोस राज्यले धर्म परिवर्तन गराउन पाउँदैन 

धर्मपरिवर्तन गर्न नपाउने भए बुद्धको अस्तित्वलाई लखेटेर भारतीयकरण भएर आएको ब्राह्मणवादको व्याबस्थालाई यो देशको परिचय बनाऊन् पाइँदैन धर्मकै कारण नेपालमा जन्मिएका गौतम बुध्दलाई भारतमा लखेटिएको थियो ।बुद्धको पहिचान र उसको स्वदेशी आस्थाकरण नेपालले गर्नुपर्छ धर्मपरिवर्तन गर्न पाइँदैन

यसकारण हिन्दू धर्मलाई पनि यो राज्यले बहिस्कार गर्नुपर्छ परिवर्तन हुँदै आएका सबै धर्मआस्थाको इतिहासिक सम्बन्धमा लगेर यो देशको नागरिकलाई राज्यले अपरिवर्तित धर्मको जरा समाउन लाउनुपर्छ किनकि हामीलाई सबैभन्दा बढी राज्यले नै परिवर्तन गराईएको छ हिन्दू बनाएको छ ब्राह्मणवादको व्याबस्थालाई पुज्न लगाएको छ 

दशैं तिहार नमानेकै कारण झुन्डाएर मारिएको संस्कृतिको सहिद रिदामा आठपहरियाराम्लिहाँङ आठपहरियाजस्ता धर्मकै निम्ति मारिएका आदिवासीजानजातिको दोष यो राज्यले स्विकार्नुपर्छ र हिन्दूत्ववादको यो राज्य दण्डनीय हुनुपर्छ दण्ड पाउनुपर्छ भाषाधर्म र संस्कृतिको कारण हजारौं नेवारहरूको नाखकान काटिएको थियोतिनीहरूलाई चिहानभित्रबाट तानेर नाखकान जोडि दियोस् यो देशमा धर्मपरिवर्तन गर्न पाइँदैन ।

ब्राह्मणवादको व्यबस्थालाई लाद्नकै निम्ति बिदेशी धर्म मान्नेहरू भनेर देश निकाला गरिएको आदिवासी नेवारहरूको राष्ट्रियता खोसिएको कारण यो हिन्दूसमाजले दण्ड पाउनुपर्छ 

यो देशको सम्पूर्ण धार्मिक पहिचान लुट्ने हिन्दू हो एकात्मकवादी हिन्दू शोषणहिन्दूवादको राज्य हो एकल जातीय हिन्दूहरूको पराकाष्ट नै धर्मपरिवर्तनको सुरुवात थियो यसकारण भारतीयकरण भएर आएको ब्राह्मणवादको यो शोषणको व्यबस्थालाई राज्यबाट बहिस्कार गरेरयो देशमा स्वदेशी आस्थाकरण गरेर कसैले देखाउँन सक्छ भने मात्रधर्म परिवर्तनको बिरोध गर्न सुहाउँछ होइनभने हिन्दूहरूले नै अरूलाई जबर्जस्ति हिन्दू बनाएको इतिहास हाम्रै अघि छ 

हिन्दूवादको वीउ जोगाउने षड्यन्त्रको साथमा नेपालको नयाँ संविधानका लागि तयार गरिएको मस्यौदाको धारा ३१ (३) मा पनि स्पष्टरूपमा कुनै व्यक्तिलाई एक धर्मबाट अर्को धर्ममा परिवर्तन गराउने कार्यलाई अपराधीकरण गरेको छ यो हिन्दूवादी नेताहरूको चाल हो ठिक छ यो संविधानले हिन्दू बाहेक अरू धर्मआस्थामा विश्वास गर्नेलाई दण्डनीय बनाउँछ भने यो राष्ट्रलाई नै हिन्दू बनाउन लागेको अपराधमा सबैभन्दा पहिला यहाँका हिन्दू शाषकहरूलाई जेलमा हाल्नुपर्छ 

यदि धर्म/आस्था परिवर्तन गर्नु अपराध हो भने इतिहासमा भाषाधर्म र संस्कृतिकै कारण मारिएका अहिन्दूहरूको मुल्य आजको हिन्दूहरूले चुकाउनुपर्छ 

limbuwankhabar.blogspot.com बाट

12 COMMENTS

  1. Sahi kura lekhan garyekoxa . Yo kura sabaile bujhna jaruri xa aattinai jarurixa. 2046 paschat yeso para le thiye dasai hamro saskar hoina vanera tara dukhako kuro nawau din matra apnaye ra 10 dindekhi birsey Yo vayo tesaile. Chorko dau khorko le kahile mahasus garena tesaile astito haraekoxa.TVM

  2. पुर्खाले कमाएको इज्जतमा गर्व गर्नुपर्छ,
    र पुर्खाले नै गरेको गल्ती पनि स्वीकार्नुपर्छ आजको पुस्ताले,

    लेख राम्रो लाग्यो👏

  3. जीबन स्वतन्त्र छ।
    हामी सबै स्वतन्त्र रहनुपर्छ ।
    हरेक नागरिकले जिबन जिउनेशैली उसको आफ्नै इच्छाको बिषय हो।
    चाडपर्ब र धर्म कर्म कै नाउँमा मानिसहरूलाइ बन्दि बनाउन र हत्या गर्ने निति देशमा नहोस् ।
    संबिधान सबैको हितको खातिर हो र हुनुपर्छ किनकि संबिधान र यसका धारा,उप धाराहरू जनताद्वारा मनोनित मानिसहरूले नै बनाएका हुन।
    राष्ट्रले एक जना नागरिकको पनि नैसर्गिक अधिकार,उसको हकहित र शान्ति सुरक्षाको सुब्यबश्था गरेको हुनै पर्छ।
    राष्ट्र र राष्ट्रियता जनता भएरमात्र न हो अनि जनता भए पो जननेता..
    मानिस मार्नु हुदैन न त्र बदला डबल,तेब्बर भएर थेग्न नसक्ने गरी महासागरको महा सुनामी झै बिनाश लिएर आउछ जब समय पूर्ण हुन्छ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here