लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौं लानुपरे प्रदेश सरकारलाई खबर गर्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले हेलिकोप्टर उपलब्ध गराउने र पोखरा वा काठमाडौं कहा लानुपर्ने हो लगेर उपचार गर्ने उनले बताए ।
केही दिनअघि भुजुङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौ पुर्याउनुपर्यो भने हामीलाई खबर गर्नुहोला । हामी हेलिकप्टर पठाउँछौ । सुत्केरीलाई पोखरा वा काठमाडौं लगेर उपचार गराउने जिम्मा हाम्रो छ ।’

गाउँमा सुत्केरी हुन नसकेर महिलाहरुको अकालमा मृत्यु हुने गरेकोले प्रदे सरकारले सुत्केरीका लागि हेलिकोप्टर पठाउने निर्णय गरेको उनले बताए ।

सो क्रममा उनले केन्द्रमा पनि र प्रदेशमा पनि जनताको हित गर्ने सरकार रहेको दाबी गरे ।

केन्द्रमा नेकपाकै अध्यक्ष प्रधानमन्त्री केपी ओली भएको र प्रदेशमा पनि ओली नेतृत्वको पार्टीको सरकार (आपूm) भएकोले जनताको काम गर्नका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य सजिलो रहेको उनले बताए ।

उनले प्रदेश सरकारले भुजुङ गाउँलाई अर्गानिक कृषि केन्द्रको रुपमा विकास गर्ने बताए । उनले मोटर बाटो, कृषि र पर्यटन जस्ता क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको सुनाए ।

उनले गण्डकी प्रदेशभरि कूल ५ लाख तीन हजार घरधुरी रहेको र प्रत्येक घरमा धाराको व्यवस्था गरिने पनि बताए ।

6 COMMENTS

  1. हेलिकप्टर होईन एउटा सुबिधायुक्त स्वाथ्य चौकी बनाउनु अझै सक्नुहुन्छ भने अस्पताल बनाउनु अनि बाटोघाटो राम्रो बनाउनु।

  2. हेलिकप्तर त पठाउनु होला किइबेला समय अनुकुल नहोला । यस्का साथै सुबिधा सम्पन्न अस्पताल बनाएदेखी सबैभन्दा राम्रो हुनेछ ।

  3. Good please hjur ko number send yaniki n paun sakxu hola 7 number predesh sudurpashim baitadi bikat thau bat hami boliraheka xau sir

  4. विचार तत्कालीन अवस्था लाई धेरै राम्रो छ र अझै प्रतेक गाउँ पालिकामा एक एक अोटा सुबिधायुक्त अस्पताल बनाई दिए अझ राम्रो हुनेथियो कि…

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here