काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी महिला सामाजिक सञ्जाल फेसबुकबाट आफै सार्वजनिक भएकी छन् ।

उनी रोशनी शाही भएको खुलेको छ ।

रोशनी शाही नामको फेसबुकबाट उनले आफूमाथि बलात्कार भएको दाबी गरेकी छन् ।

महराबारे लेखिएको समाचार सेयर गर्दै लेखेकी छन्, ‘आरोप होइन सत्य हो । डिल्ली मल्लको सभामुख बचाउ विज्ञप्ती झुटा हुन् । भाँचिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुटो खुराफाती कुरा नगर्नु अझ बढी खाल्डो खनिएला होस गर्नु ।’

फेसबुकमा राखिएको तस्बिर नियाल्दा संघीय संसद परिसर, तत्कालिन माओवादी नेताहरुसँगको तस्बिर र महरासँग स्वास्थ्य उपचारका क्रममा भेट भएका तस्बिर देख्न सकिन्छ ।

संसदमा मेडिकल क्षेत्रमा कार्यरत रोशनीको श्रीमान र छोराछोरी समेत छन् । रोशनीका श्रीमान कामको सिलसिलामा बाहिर भएको मौकामा आइतबार राति महराले आफूमाथि जबरजस्ती करणी गरेको ती महिलाको आरोप छ ।

सुरुमा यो घटनाको समाचार हाम्राकुरा डटकममा प्रकाशित भएको थियो । हाम्राकुराले उनीसँग भिडियो अन्तरवार्ता समेत लिएको छ । हाम्राकुरामा भएको महिलाको अनुहार लुकाइएको तस्बिरको हुलिया र रोशनी शाहीको फेसबुकको हुलिया मिलेको छ ।

यो घटना बाहिरिएसँगै सभामुख महराको चौतर्फी आलोचना भइरहेको छ । उनले राजीनामा दिएर घटनाको अनुसन्धान गर्न सहयोग गर्नुपर्ने धारणा समेत आइरहेको छ ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here