काठमाडाै । डा गाेविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको बढी रकम फिर्ता नगरे जुनसुकै समयमा पनि आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

केसीले बुधबार एक बिज्ञप्ति निकाल्दै विद्यार्थीहरूसँग लिइएकाे बढी रकम रकम फिर्ता नदिए आफू जुनसुकै बेला आन्दोलनमा उत्रने चेतवनी दिए ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरूले ताेकिएकाे भन्दा बढी शुल्क लिएका छन् ।

चितवन मेडिकल कलेजले ६५ लाख रूपैयाँसम्म लिएकाे भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

सरकारले पनि बढी शुल्क लिने मेडिकल कलेजहरूलालाई बढी रकम फिर्ता गर्न एक महिनाकाे समय दिएकाे छ । साे अवधिमा पनि फिर्ता नगरे कारबाही थाल्ने सरकारी चेतावनी छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here