काठमाडाैं । काठमाडाैंकाे चावहिलस्थित ओम अस्पतालकाे लापरबाहीका कारण फेरि एकजनाकाे ज्यान गएकाे छ ।

पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ । शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो ।

अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन् । उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

पटकपटक उपचारमा आएका बिरामीको मृ त्यु हुँदा पनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ । आइतबार भएको घटनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घटना गुपचुप पारेको छ भने जेठमा भएको घटनामा पनि अस्पतालले परिवारलाई क्षतिपुर्ति दिएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here