काठमाडौं । विद्यार्थीहरुबाट तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई रकम फिर्ता गर्न सरकारले एक महिनाको अल्टिमेटम दिएको छ ।

सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहितको संयुक्त बैठकले एक महिनाभित्रमा पनि बढी शुल्क लिएका मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई रकम फिर्ता नदिए कारबाही थाल्ने निर्णय गरेको छ ।

आफूले दिएको समयभित्रमा पनि पैसा फिर्ता नगर्ने वा अटेरी गर्ने मेडिकल कलेजहरुलाई मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसुर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार कारबाही गरिने सरकारको चेतावनी छ ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क तोकेको थियो । सरकारले २०७२ सालमा यो शुल्क तोकेको हो । सोपछि बढी शुल्क लिने मेडिकल कलेजमाथि सरकारको ध्यान गएको हो ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले भने आपूmहरुसँग ६५ लाख सम्म लिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here