काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौं आउने प्लेन डिले भएपछि मन्त्री भट्टराईलाई यात्रुहरुले प्लेनभित्रै गालीगलौज गरेका छन् ।

मन्त्री भट्टराईलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएको छ ।
मन्त्री भट्टराईलाई राजावादीको रुपमा आरोप लगाइएका नागरिक अगुवा ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र हकारेको हो ।

सो क्रममा उनीहरुले नै भिडियो समेत खिलेका छन् । उक्त भिडियो शाहीले आफ्नाे फेसबुकमा राखेका छन् । र भनेका छन्, ‘मन्त्री योगेश भट्टराईलाई आज नेपालगञ्ज एयरपोर्टमा वैचारिक रामधुलाई गरियो । मन्त्री भट्टराईले आज नेपालगञ्ज एयरपोर्टमा १ घण्टा प्लेन कुराएपछि हामी नागरिकले वैचारिक रामधुलाई गरियो । विचरा मन्त्रीज्यू मुसो लुकेजसरी लुक्नुभो । अब नागरिक सचेत भइसके, अरिंगालका दिनगन्ती सुरु ।’

मन्त्री योगेश भटराई लाई आज नेपालगन्ज एअरपोर्ट मा बैचारिक रामधुलाई गरियो मन्त्री योगेश भट्टराई ले आज नेपालगन्ज…

Gepostet von Gyanendra Shahi am Samstag, 14. September 2019

मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सव उद्घाटन गर्न धनगढी पुगको थिए । कार्यक्रम सकेपछि उनी नेपागञ्ज विमानस्थलबाट काठमाडौं फर्किएका हुन् ।

ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई प्लेनभित्रै र्याकर्याक्ती पारेका हुन् ।
तर मन्त्री भट्टराईले भने सामाजिक सञ्जालबाट जवाफ दिदै आफ्नाे कारण केवल १५ मिनेट प्लेन ढिलो भएको बताएका छन् ।

सो बापत उनले माफ समेत मागेका छन् ।
मन्त्री भट्टराईले फेरि झुटो बोलेको शाही फेसबुकबाट भनेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here