धादिङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकताका नेता चेरोङ तामाङ समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उनी नेकपाको रसुवा जिल्लाका निवर्तमान सेक्रेटरी हुन् ।
उनी शनिबार समाजवादीमा प्रवेश गरेका हुन् ।

उनलाई समाजवादी पार्टीको ताम्सालिङ राष्ट्रिय समितिको मुख्यसचिव विरबहादुर तामाङले खाँदा र टीका लगाएर स्वागत गरेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकृत भएपछि जिल्लाको समायोजनको तयारी बैठकको अवसरमा तामाङ समाजवादीमा प्रवेश गरेका हुन् ।

रुवीभ्याली गाउँपालिका–२ तिप्लिङका स्थायीबासी रहेका उनी लामो समय कम्युनिष्ट पार्टीमा बिताएका व्यक्ति हुन् ।
पार्टी प्रवेशपछि उनले अब देश र जनताको काम गर्ने पार्टी समाजवादी नै रहेकोले आफू प्रवेश गरेको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here