Photo: THT

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुरा हल्लामात्रै भएको प्रष्ट पारेका छन् ।

शनिबार दाङको तुल्सीपुरमा सञ्चारकर्मीहरुसँग देउवाले राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताए ।
उनले भने, ‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन, यो हल्ला मात्रै हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले एनसेल र वाइडबडी काण्डमा आफ्नाे नाम जोडिएकामा आपत्ति जनाएका छन् ।
उनले भने, ‘मैले एनसेलको नाम पनि सुनेको छैन, वाइडबडीको विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।’

उनले बाँकेमा कांग्रेस सभापतिसहितका नेताहरुमाथि भएको आक्रमणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here