इलाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकता सही निर्णय गर्न सक्ने नेतृत्वका कारण भएको बताएका छन् । उनले भने, ‘सही निर्णय लिने नेता भएनन् भने ठूला अवसर पनि गुम्दछन् ।’

नेकपा इलाम जिल्ला संगठन समितिले शुक्रबार इलाममा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले पार्टी एकता गर्नका लागि निर्णय गर्न सक्ने नेता चाहिने बताए । ‘पार्टी भनेको बिचार हो, बिचार मिल्नेसँग एकता गर्ने हो,’ उनले भने ।

दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताको निर्णय गर्ने नेताहरुको भूमिका पनि ठूलै भएको उनकाे भनाइ  थियो । ‘एकताले नेपालीहरुमात्र नभएर विश्वभरका श्रमजीविहरुमा आशाको नयाँ दियो बलेको छ, ’ उनले भने ।

अध्यक्ष दाहालले संविधान निर्माण समेत अहिले एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभा समेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here