शुभराज भोम्जन

दक्षिण कोरिया । नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा राज दोङ तामाङ निर्बिरोध निर्वाचित भएका छन् ।

नुवाकाेट समाज दक्षिण काेरियाकाे छैटौ अधिवेशनबाट दोङ निर्बिरोध अध्यक्ष भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सुन्दरप्रसाद अधिकारी, उपाध्यक्षमा सुदीप लामिछाने र रामकुमार गोतामे चयन भएका छन् ।

सचिवमा रमित रेग्मी सहसचिवमा टंक राना, कोषाध्यमा अबिनाश तामाङ र सहकोषाध्यक्षमा रबिना श्रेष्ठ चयन भएकी छन् ।

राज दोङ तामाङ

सदस्यहरुमा शिभराम भट्टराई (संगम), बद्री अधिकारी, जयराम ढुंगाना, शिवराज केसी, राजेन्द्र मोक्तानलगायत १३ सदस्यीय समिति छ ।

सौलस्थित नमस्ते रेस्टुरेन्टमा भएको अधिवेशन समाजका निवर्तमान अध्यक्ष सन्तोश राईकाे अध्यक्षतामा हुनुका साथै प्रदेश नम्बर ३ एकता समाजका अध्यक्ष किशोर ब्लोनको प्रमुख अतिथि थिए ।

प्रमुख अतिथि ब्लोनले आफ्नो गृहजिल्लाको लागि प्रवासमा रहेर पनि थुप्रै योगदान गर्न सकिने बताए । कार्यक्रममा प्रत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन कुँवर, जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष सोम वाइबा, मकवानपुर कोरिया मञ्चका अध्यक्ष राजकुमार गोले, काभ्रे सम्पर्क समितिका अध्यक्ष सानू लामा लागायत अतिथि थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here