ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शाखा अधिकृत र नायब सुब्बा तहको निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानले उक्त कक्षा सञ्चालन गर्न इच्छुक फर्म, संस्था वा कम्पनीहरुले १५ दिनभित्रमा प्रतिष्ठानमा लिखित आशयपत्र पेस गर्नुपर्ने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
उक्त सूचना गत भदौ २६ गते प्रकाशित गरिएको हो ।

प्रतिष्ठानले निःशुल्क लोकसेवा तयारी कक्षामा सहभागी हुनका लागि आदिवासी जनजाति समुदायका व्यक्तिहरुलाई ललितपुर सानेपामा रहेको आफ्नाे कार्यालयमा दरखास्त पेस गर्न अपिल गरेको छ ।

प्रतिष्ठान शाखा अधिकृत राम मादेनका अनुसार प्रतिष्ठानले यसवर्ष शाखा अधिकृततर्फ ५० र नायब सुब्बातर्फ ५० जनालाई छनोट गरी लोकसेवा तयारी कक्षा चलाउने छ ।

शाखा अधिकृत र नायब सुब्बाको दुई दुईवटा कक्षा हुनेछन् ।

यसका लागि प्रतिष्ठानले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लोकसेवा तयारी कक्षामा सहभागी हुन चाहनेहरुबाट छनोट गरी जम्मा सय जनालाई कक्षा चलाइनेछ ।

तीन महिनासम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षाको अनुमगन प्रतिष्ठानले गर्नेछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here