शुभराज भोम्जन

सौल, दक्षिण कोरिया । कोरियाली चाड छुसकको अवसरमा मकवानपुर कोरिया मञ्चले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रममा मकवानपुरका गायक सुर्य रुम्बाले स्टेज तताएका छन् ।

दुङ्देमुनस्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा विशेषगरी मकवानपुर जिल्ला स्थायी घर भएका तर कोरियालाई आफ्नो कर्मभूमि बनाएकाहरुकाे जमघट गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा कोरियामा रहेको मकवानपुरेहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा शुभकामना आदान-प्रदानका साथै सांस्कृतिक कार्यक्रमलाई नै जोड दिइएको थियो ।

कार्यक्रममा मकवानपुरका गायक गथा सर्जक संगीतकार सुर्य रुम्बाले महौल तताएका थिए । गायक रुम्बाले आफ्नै पूरानो एल्बमको गित मारुनी मारुनी मायालुलाई कसोगरी जाल्मा पारुनी गाउँदा कार्यक्रमस्थलमा छुट्टै रौनक छाएको थियो ।

त्यसैगरि गायक रुम्बाले आफ्नै नयाँ गीत के गर्नु मंगले गाउँदा झनै माहौल संगीतमय बनेकाे थियाे ।

कार्यक्रमको शीर्ष कलाकारको रुपमा रहेका रुम्बाले कार्यक्रमको महौललाई निकै रमझम बनाए । साथमा मकवानपुरका कलाकारद्वय राम/लक्ष्मणले पनि हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए । साथै अन्य थुप्रै कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

मञ्चका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको कार्यक्रममा एमटियु दक्षिण कोरियाका अध्यक्ष उदय राईकाे प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रदेश नं ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन र तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राईले छुसकको शुभकमना व्यक्त गर्नुका साथै मकवानपुरेहरुले आफ्नो गृहजिल्लाको लागि गरेको योगदान अतुलनीय रहेको बताए । कार्यक्रमका विशेष अतिथि किशोर ब्लोनले मकवानपुरेहरुलाई मकवानपुर कोरिया मञ्चमा आबद्ध हुनका लागि आह्वन समेत गरेका थिए । साे अवसरमा मकवानपुर कोरिया मञ्चका संस्थापक अध्यक्ष श्रीकृश्न ढकाल र तेजप्रसाद उप्रेतीलाई सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here