काठमाडौं । नेकपाकी सांसद पम्फा भुसालले भारतसँग जोडिएको सबै सीमा नाका बन्द गर्न प्रस्ताव गरेकी छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले भारतले नेपालको सीमा मिच्न नछाडेकोले अब सबै सीमा नाका बन्द गर्नुपर्ने बताएकी हुन् ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो प्रस्ताव गरेकी हुन् ।
उनले दैनिक रुपमा भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको भूमि मिच्ने काम गरिरहेकोले त्यसलाई रोक्नका लागि पनि दुई देशबिचको सीमा बन्द गर्नुपर्ने तर्क गरिन् ।

‘भारतीय सीमा सुरक्षा बलले जबरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौ किलोमिटरका दरले मिच्ने गरेको छ,’ बैठकमा उनले भनिन्, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई देशबिचको सीमा नाका बन्द गर्नुपर्छ ।’

उनले दुई देशबिचको सीमा नाकामा आवत जावतका लागि अनिवार्य रुपमा परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताइन् ।
उनले सीमामा नेपाली सेना परिचालन गर्नुपर्ने बताइन् ।

तर सोही बैठकमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सीमामा अपराध बढेको भन्दै सीमा बन्द गर्ने र दुई देशबिचको सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here