काठमाडौं । आदिवासी जनजातिको नाममा लोकसेवा आयोगले गैरआदिवासीलाई नियुक्ती गरेको समाचारप्रति तत्काल छानबिन गर्न रामचन्द्र राई नेतृत्वको किरात राई विद्यार्थी संघले माग गरेको छ ।

संघका अध्यक्ष रामचन्द्र राई र महासचिव अञ्जिलहाङ किरातीले मंगलबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

खोटाङको साकेला गाउँपालिका निवासी विष्णुप्रसाद धिमालले आदिवासी जनजातिको नाममा लोकसेवा पास गरी जागिर खाएको समाचार सार्वजनिक डटकमले प्रकाशित गरेपछि संघले सो घटनाको छानबिन गर्न सरकारसँग माग गरेको हो ।
सो घटनाबारे मंगलबार नै धिमाल जातीय केन्द्रले पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनको माग राखी विज्ञप्ती जारी गरेको थियो ।

विष्णुप्रसाद धिमाल बाहुन क्षेत्री समुदायका हुन् । तर उनले जनजाति कोटामा नाम निकालेर जागिर खान थालेको खुलेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here