नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको छ ।

जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्कासन गरेको हो ।

विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उहाँको जन्म भएको हो ।

ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका (तौल २५ ग्राम, व्यास ३७ एमएम, निष्कासन संख्या १० हजार थान) र चाँदीबाट बनेका १००० (तौल १० ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या २५ हजार थान) र २५०० रुपियाँको सिक्का (तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या १० हजार थान) निष्कासन गरेको थियो ।

राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउनुहुने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुनुहुन्छ ।

याे समाचार नेपाल समाचारपत्रमा सुनिल महर्जनले लेखेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here