काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको उच्च प्रविधिको प्रयोग गरी संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यलयमा रहेको एक्शन रुमबाट र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट स्विच दबाएर पाइपलाइनको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि भिडियो कन्फरेन्समार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत बढाउने, सवारी यातायात कम गर्ने र वायु प्रदुषणलाई समेत कम गर्ने बताए ।

प्रधानमन्त्री ओलीले यस प्रकारका पाइपलाइनहरुको विस्तारका लागि नेपालले अरु अवसर पनि दिने बताए ।

‘यस पाइपलाइनले नेपाली उपभोक्ताहरुमा सकारात्मक प्रभाव परेको छ । आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैंया मूल्य घटाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस बाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ । नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेत हुनेछ । यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here