काठमाडौं । बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’ मासिकको १५औं वार्षिकोत्सव पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावाको स्मृतिमा आयोजना गरिने भएको छ ।

स्व. बान्तावा बुङ्वाखाको पूर्व संरक्षक तथा आफ्नो नामको पछाडि पहिलोपटक ‘बान्तावा’ लेख्ने व्यक्ति हुन् । गत साउन ३० गते ललितपुरमा बसेको आयोजक समितिको बैठकले सो निर्णय गरेको कार्यक्रम संयोजक तथा सम्पादक पदम राईले बताए ।

स्व. बान्तावा

बुङ्वाखाको १५औं वार्षिकोत्सव आगामी मंसिर २४ गते काठमाडौंमा हुनेछ । वार्षिकोत्सवमा सधैंझै बान्तावा भाषामा १५औं कविता प्रतियोगितालगायत कार्यक्रम रहनेछन् ।

बैठकमा बुङ्वाखामा स्थापित ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार’को राशीमा वृद्धि गरी रु. ३५ हजार पु¥याइएको छ । अक्षयकोष संस्थापक सदस्य अशोक मुकारुङका अनुसार सो पुरस्कारको राशी यसअघि ३० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’को राशी पनि वृद्धि हुने र सो वृद्धि रकम निकट भविष्यमै घोषणा गरिने अक्षयकोष संस्थापक सदस्य राजेन्द्र बान्तावाले जानकारी दिनुभएको छ । हाल यो पुरस्कारको राशी ४० हजार १ सय ९१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here