काठमाडाैं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ ।

सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ । उनलाई सोमबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् ।

गौतम केही समयअघि सिंगापुर गएका थिए । त्यही उनलाई संक्रमण भएको हुनसक्ने अनुमान चिकित्सकले गरेका छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो ।

त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here