काठमाडौं । आदिवासी जनजातिको कोटामा बाहुन–क्षेत्री समुदायका व्यक्तिहरुले सरकारी जागिर खाएको, विभिन्न पदमा नियुक्ती पाएको लगायत अन्य अवसर पाउने गरेको समाचार नौलो हैन । त्यस्ता कुरा कुनै थाहा हुन्छ कति त थाहै हुन्न सायद ।

हाल एकजना क्षेत्री समुदायको व्यक्तिले पनि आदिवासी जनजातिको कोटामा लोकसेवा आयोगको परीक्षा पास गरी जागिर खाएको खुलेको छ ।

खोटाङ जिल्लास्थित् साविक मात्तिम गाविस–९ (हाल साकेला गाउँपालिका) का विष्णुप्रसाद धिमालले आदिवासी जनजाति कोटामा वन सेवा अन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणी (सिनियर गेम स्काउट) को जागिर खाइरहेको खुलेको हो ।

याे सूचनापत्र लोकसेवा आयोगकाे वेबसाइटमा राखिएकाे छ । यसभित्र गएर सूचना हेर्न सकिन्छ । http://www.psc.gov.np/uploads/others/सिनियरर_गेम_स्काउ६.pdf

लोकसेवा आयोगको कार्यालय बागलुङले शैक्षिक योग्यता, लिखित परीक्षा र अन्तर्वार्ता प्रक्रियाबाट धिमाल आदिवासी जजनाति कोटामा नियुक्त भएको सूचना जारी गरेको पत्र भेटिएको छ । तर यो २०७५ असोज १९ गतेको पत्र हो ।
धिमाल जाति सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजतिमध्ये एक जाति हो ।

तर विष्णुप्रसाद धिमाल भने जनजाति धिमाल नभएर क्षेत्री धिमाल हुन् । धिमाललाई चिन्ने साकेला गाउँपालिकानिवासी एकजना व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उनी जनजाति धिमाल होइनन्, क्षेत्री समुदायका हुन् । जनजाति कोटाबाट लोकसेवामा नाम निकाल्नुभो भन्ने सुन्दा अचम्म लाग्यो ।’

जनजाति कोटामा सरकारी जागिर खानका लागि जनजातिहरुको सम्बन्धित जातीय संस्थाको सिफारिसअनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उपलब्ध गराएको परिचयपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।
प्रतिष्ठान आदिवासी जनजातिसम्बन्धी काम गर्ने सरकारी कार्यालय हो ।

तर धिमालले जातीय संस्थाको सिफारिस र प्रतिष्ठानले दिने परीचयपत्र कसरी मिलाए भन्ने प्रश्न उब्जिएको छ ।
आदिवासी जजनाति र बाहुन क्षेत्रीको शारिरीक बनावट पनि भिन्न हुन्छ । यो सबैलाई थाहै भएको कुरा हो ।

तर लोकसेवा आयोग र आयोगका सम्बन्धित कर्मचारीहरुले पनि सामान्य चेत समेत प्रयोग नगरी खस आर्य समुदायका व्यक्तिलाई जनजातिको कोटामा जागिर खुवाउने काम गरेको देखिएको छ ।

6 COMMENTS

  1. 1.धिमाल जाति सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजतिमध्ये एक जाति हो ।
    2.जनजाति कोटामा सरकारी जागिर खानका लागि जनजातिहरुको सम्बन्धित जातीय संस्थाको सिफारिसअनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उपलब्ध गराएको परिचयपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।
    3.लोकसेवा आयोग र आयोगका सम्बन्धित कर्मचारीहरुले पनि सामान्य चेत समेत प्रयोग नगरी खस आर्य समुदायका व्यक्तिलाई जनजातिको कोटामा जागिर खुवाउने काम गरेको देखिएको छ ।…. lok sewa le nak ko lambai naper janajati ho ki hoena xuttaune ki…janajati pratisthan ko sifaris lai manne?…..Laz man Laz yesto samachar lekhnuagadi….

  2. […] खाएकोबारे सार्वजनिकले सोमबार मात्रै जनजातिको कोटामा क्षेत्रीले खाए जागिर… शीर्षकमा समाचार प्रकाशित गरेको थियो […]

  3. जे जे हुनेहो हुन्छ यहा पर्दा पछाडिनै हजुर।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here