काठमाडौं । गीतकार तथा संगीतकार जित लिम्बूको शिरैफूल शिरबन्दी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पूर्वेली भाकामा रहेको यो गीतको सुटिङ पूर्वी पहाडका विभिन्न रमणीय स्थलमा गरिएको हो ।
यस गीतमा बिबी लिम्बु र सुनिता थेगिमको आवाज रहेको छ ।

गीतको एरेन्ज संगीतकार कृष्णभक्त राईले गरेका हुन् भने शब्द जित लिम्बूको रहेको छ ।
म्युजिक भिडियोको निर्देशन प्रकाश लिम्बूले गरेका हुन् भने कोरियोग्राफी रमेश सुनुवारले गरेका हुन् ।
यो गीत रेम्बो रेज मिडिया नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here