मुलुककाे परिस्थितिले गर्दा रोजगारको लागि छिमेकी मुलुक भारतमा सीमित नेपालीहरूको संख्या अन्य मुलुकहरूमा तीन दशकदेखि ह्वात्तै बढेर गएको छ । छिमेकी मुलुक भारत बाहेक आधा करोड भन्दा बढी युवाहरू बैदेशिक रोजगारमा छन् ।

आफ्नो रगत र पसिना विदेशको भूमिमा विदेशको शान्ति सुरक्षा र विकास निर्माणमा खर्चिएका छन् । नेपालको माटोमा जन्मेर, बढेर र पढेर मुलुकको शान्ति सुरक्षाको लागि र विकास निर्माणका लागि खर्चिनुपर्ने श्रमशक्ति विदेशको भूमिमा विदेशीका लागि खर्चिनुपर्दा कसलाई दुःख लाग्दैन होला र ।

रोजगारका लागि विदेश जानेहरूलाई विदेशीहरूले यिनीहरूले दुःख पाएका छन् । यिनीहरूलाई सुख दिनुपर्छ भनेर पाल्न विदेशीले लगेको पक्कै होइनन् । बैदेशिक रोजगारको क्रममा जुनसुकै मुलुक होस्, हामीहरूले गर्ने काम कस्तो हुन्छ र मालिकले कस्तो व्यावहार गर्छन् भन्ने कुरा वर्णन गरेर साध्य छैन । झनै मालिकसँग बिचौलियाको साठगांठका कारणले त आम विदेशमा भएका नेपालीहरूको जिवन कति कष्टकर छ भनेर कल्पना समेत गर्न सकिदैन ।

मालिकले दिने यातना त कुरा सुन्न समेत गाह्रो हुन्छ भने पीडा भोग्नेलाई कस्तो भयो होला । जति दुःख भएता पनि बाध्यतासँग कसैको केही नलाग्ने रहेछ । जस्तो सुकै पिडा पनि भोग्न तयार छु भन्ने निर्णय गर्न नेपाली यूवाहरू बाध्य भइरहेका छन् । पिडा र यातनालाई लुकाएर परिवारको भबिष्य निर्माण गर्ने सपना रोज्दा दुःख र पिडा मुलुकबाटै भ्रष्ट कर्मचारी, प्रहरी प्रशासन, र स्वार्थी बिचौलियाबाट शुरू हुन्छ । बिचौलियाहरूले ठुलाठुला लोभ लालचा र आश्वासन दिएता पनि भविष्य कस्तो हुने हो पत्तो हुँदैन ।

बैदेशिक रोजगारको क्रममा यातना, हत्या, दुर्घटना, बलात्कार, अपहरण, ठगी र अलपत्र परेको कुरा हामीहरूले बारम्वार सुनिरहेका हुन्छौं । तिनै कष्टकर जिवनका लागी मलजल गर्ने र स्वार्थ लुट्ने बिचौलियाहरू मुलुक वा मुलुक बाहिर सामाजिक प्रतिष्ठा प्राप्त गरि रहेको हामीले देखि रहेका हुन्छौं ।

मुलुकमै बसेर मुलुकको मुहार फेर्न रहर हुँदा हुँदै बैदेशिक रोजगारलाई प्राथमिक्ता दिनुपर्ने बाध्यता भएका आधा करोड यूवाहरूमध्ये कर्मा पाहडी शेर्पा पनि एक हुनुहुन्छ । विदेश पलायनपछि सोचे जस्तो नभएता पनि जिवन राम्रोसँग चलेकोमा खुशी व्याक्त गर्ने प्रगतिशिल, सृजनाशिल र अग्रगामी सोच भएको शेर्पा शोषण, दमन, अन्यय अत्याचार र भेदभावको बिरूद्धमा लड्ने स्वाभाव भएको इमान्दार, सहनशील र कर्तव्यनिष्ट सोच भएको ब्यक्तिको रूपमा शेर्पालाई मैले बुझेको छु ।

बैदेशिक रोजगारमा हुने गरेको घटना परिघटनालाई सदैव नजिकबाट नियाल्ने र चिन्ता र चासो लिनु हुने शेर्पा बैदेशिक रोजगारको शिलसिलामा दुख्ख कष्ट र अन्यायमा परेका आम नेपालीहरूलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने अग्रगामी सोच भएको यूवा हुनुहुन्छ । विदेशमा भएका आम नेपालीहरूलाई कसरी एक सुत्रमा बांध्न सकिन्छ भन्ने दृष्ट्रिकोण भएकै कारण धेरै सामाजिक तथा राजनितिक संस्थाहरूमा नेतृत्वदायी भुमीका निभाई सकेका शेर्पा बहुप्रतिभाशाली हुनु हुन्छ । गीत संगीत, खेलकुद आदि बिषयहरूमा पनि दक्ष शेर्पा अत्यन्त सहयोगी मन भएका यूवा भएको पाएको छु । स्पष्ट कुरा राख्न सक्ने निडर शेर्पा गैरआवासिय नेपाली संघलाई सिमित घेरामा नराखेर आम गैरआवासिय नेपालीहरूको साझा पवित्र संस्थाको रूपमा देखाउन चाहनुहुन्छ ।

हामी जुन जुनमा मुलुकमा रहेका छौं । त्यो मुलुकको नियाम कानुनलाई सम्मान गरेर मानवधिकारले दिएको हरेक बिषय बस्तुहरूमा जनचेतना जगाउने र पाउने अधिकार आमनेपालीहरूलाई उपलब्ध गराई सामाजिक सदभाव भातृत्व कायम गरि त्यो मुलुकको शान्ति सुरक्षा र विकास निर्माणमा टेवा पुग्ने खालको बिषयलाई प्रोत्साहित गर्ने राष्ट्र प्रेमको भावना भएको पाएको छु ।

हामी हामीहरूको समस्या समाधान र राज्पबाट प्राप्त हुनु पर्ने अधिकारलाई सुनिस्चित गर्नका लागि साथै हामीमा राम्रो कामलाई सम्मान र नराम्रा कामलाई सुधार्न र आवश्याक परे पर्दाफास गर्नका लागी संगठित भएर लाग्नु पर्ने चिन्तन हामीमा हुनु पर्ने हो । चेतनाको कमीले होला त्यो खालको बिकास भएको देखिदैन । सामाजिक संस्था त खोलिएको छ । काम भइरहेको देखिदैन । हाम्रा अनगिन्ती सामाजिक संस्थाहरू छन । संस्थाको स्थापनाको उदेश्य हामीहरूमा सम्बन्धीत बिषयहरूलाई कसरी समाधान गर्ने भन्ने नै हो । हामीहरूले स्थापना गरेको संस्थाले राज्य सन्चालनमा समेत टेवा पुग्ने हुनाले राज्यले समेत स्वीकार गरेको हुन्छ ।

तर नेपालको हकमा राज्यकै कारण त्यो संस्कार र परम्परा बस्न सकेन भन्नु हुन्छ कर्मा पाहडी शेर्पा । नेपालीहरू विश्व भरी छरिएर रहेको अवस्थामा सामाजिक संस्था खोल्ने पक्षमा हामीमा कमी छैनौं । बढ्दो गतिमा छौं । संस्थाको नेतृत्व गर्ने सम्बन्धमा काम गरे नगरे पनि झनै प्रतिस्प्रधानै देखिन्छ । सामाजिक संस्थाको नाममा राम्रो काम पनि भएको छ भने निजि स्वार्थको खेति गरि रहेको पनि देखिन्छ । सामाजिक संस्था राम्रा कामका लागी खोलिएको हुन्छ । संस्थालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा संस्था चलाउनेहरूकोमा भर पर्दछ । तिनै संस्थाहरू मध्ये विदेशमा रहेका नेपालीहरूले आशा भरोसा गरेको संस्था हो गैर आवासिय नेपाली संघ ।

गैरआवासिय नेपाली संघलाई कसैले मान्नु नमान्नु स्वीकार गर्नु नगर्नु फरक कुरा हो तर बिदेशमा भएको नेपालीहरूको साझा संस्था भनेको नै गैरआवासिय नेपाली संघ हो । यो संस्था स्थापना गर्ने अग्रजहरू, आर्थिक अवस्थामा कमजोर थिएनन, बोद्धिक स्तर पनि उच्चा भएका महानुभावहरू देखिनु हुन्छ । सामाजिक सास्कृतिक बिचार त कम हुने कुरै भएन । बैदेशिक रोजगारको शिलसिलामा विदेशमा भएका नेपालीहरूमा सामाजिक सास्कृतिक चेतना भएका मानिसहरू भएता पनि आर्थिक सम्पन्न र बौद्धिक क्षमता भएका मानिस कमै छौं । आर्थिक सम्पन ०.०१ प्रतिशत पनि छैनौं ।

त्यस कारणले संख्यात्मक हिसावले हेर्ने हो भने गैरआवासिय नेपाली संघमा नेपाल समुदयको उपस्थिती ०.०१ प्रतिशत पनि देखि देखिन्दैन । संसारभरि फैलिएको संस्था भएता पनि यो संस्था कुनै एक जातिको क्षेत्रको संस्था जस्तो पनि देखिन्न ।

यो दुर्भाग्यको कुरा हो । यो परिणम कसरी आयो भन्ने बिषयमा पनि अग्रजहरूले खोज अनुसंन्धान तिर लागेको पाइएको छैन । चहलपहलको हिसावमा हेर्ने भने निर्वाचन समयमा केही देखिन्छ । सर्वसाधारण नेपाली समुदयले पनि यो संस्थालाई कसरी विदेशमा भएका आमनेपालीहरूको साझा संस्थाको रूपमा रूपान्तरण गर्ने भन्ने चासो नदेखाउंदा र दवाव नदिदा यो सस्थाको आकार र आस्था बढाउन सकिएको छैन । अहिले जुन जुन मुलुकमा गैरआवासिय नेपाली संघ स्थापित छ । ति मुलुकहरूमा धमाधम अधिवेशन भई रहेको अवस्था छ । बेलायत सबै भन्दा बढि सदस्य संख्या भएको देश हो । बेलायतमा पनि यो संस्था स्थापित भएको कारण यही आउदो सेप्टेम्वर १४ तारिक निर्वाचन हुन गइरहेको कुरा सबैलाई जानकारी भएकै कुरा हो । यस चुनावी माहोलमा उत्रने महासचिवका उमेदवार कर्मा पाहडी शेर्पा बेलायतको शान्ति सुरक्षा र बिकास निर्माणमा योगदान पुर्याएको मानिस मात्र नभएर निरंकुश शासकको बिरूद्धमा क्रान्तिकारी आवाज उठाउंदा १० बर्षको उमेरमा जेल बसेको र बिभिन्न संस्थामा नेतृत्व गरेको अनुभव भएको ब्याक्तित्व हुनु हुन्छ । यो संस्थालाई कसरी विदेशमा भएको आमनेपालीहरूको साझा पवित्र संस्था बनाउने भन्ने चिन्ता र चासो कर्मा पाहडी शेर्पामा भएको पाएको छु ।

उहाँ बेलायतको भुमीमा रोजगारको लागी प्रवेश गर्नु भएको पनि पुगनपुग २ दशक हुन लागेको रहेछ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा गैरआवासिय नेपाली संघ बेलायतमा पनि लागी परेको कुरा इतिहास साक्षी छ । यो संस्थामा नेतृत्व गर्ने र काम गर्ने क्षमतामा पनि कमि छैन तर उहांको कमी भनेको आर्थिक हो । त्यसकारणले सम्पन्न हुनेहरूको संस्था मात्र होइन । विदेशमा भएको आमनेपालीहरूको सांझा संस्था हो भन्ने बिचारलाई अगाडी सारेर हिजोको आर्थिक सम्पन्नहरूको संस्था मात्र हो भन्ने बांधलाई फुटाउने चाहाना उहांको भएको मैले पाएको छु । हामी विदेशमा भएकाहरूले आवश्यक्तानुसार सामाजिक संस्था खोलेका छौं र परेका समस्या समाधान गर्दै साझा बिषयमा बोलेका पनि छौं ।

हामीहरूको साझा संस्था गैरआवासिय नेपाली संघले पनि गरिरहेको होलानै तर हामीहरूको साझा समस्याले पार पाएको दैखिदैन । यो संस्थाले मुलुकबाट आएका सत्ताधारी, संबैधानिक अंगका प्रमुखहरू, राजितिक पार्टीका नेता र उच्चा पदाधिकारीलाई अभिनन्दन गर्ने, भेटघाट गर्ने स्वागत गर्ने, बिशेष कार्यक्रम गर्ने र आमसमुदयलाई चित्ता बुझाउन ज्ञापन पत्र निबेदन दिए जस्तो गरेर नेतृत्व पंतिले आफ्नो पहिचान दिलाउने र आफ्नो व्यावसयलाई मलजल पुर्याउने काम गरेको महशुस भएको छ । नेपालको राज्यसत्तामा हालिमुहाली भएका शासक मात्र होइन । पार्टीका नेता, कार्यकर्ता, बुद्धिजिवी, समाजसेबीहरू बैदेशिक रोजगारको रेमिटेन्सले मुलुक चलेको छ । नेपाली जनताको जिवन स्तर उचालेको छ । सुन्दर देशलाई झन सुन्दर बनाएको छ । आफ्नो वालबच्चाको भविष्य निर्माण गरेको छ । मुलुकमा भएको कुनै पनि आपत बिपतमा सहयोग मिलेको छ ।

नेपालीहरू बहादुर, कर्तव्यनिष्ट, शहनसिल हुन्छ भन्ने पहिचान विश्वभर फैलाएको छ भनेर गौरवका साथ स्वीकार पनि गरेको पनि पाइन्छ तर अधिकार दिने पक्षमा भने शासकहरू छैनन । कसरी अधिकारबाट बन्चित गर्ने भन्ने अत्यन्त निच सोच राखेको कुरा राजनितिक अधिकार र प्रशासनिक अधिकार बिनाको गैर आवासिय नेपाली नागरिकता दिने नयां सम्बिधानको घोषण यसको ज्वालन्त उदाहरण हो । मुलुकको परिवर्तनका लागी लड्नेहरू वा लड्नेका सन्तानहरू र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरू बहुसंख्याक रूपमा विदेशमा छौं । त्यो गुण राज्यमा हालिमुहाली हुनेहरूले बिर्सी सकेको छ ।

आज आएर पुर्ण अधिकार सहितको नागरिकताको लागी अनुरोध गर्दा सुनुवाई भएको छैन । बैदेशिक रोजगारलाई व्यावस्थित र सुऱक्षित बनाउने कुरामा, हामीहरूले रगत र पसिना बगाएर कमाएको सम्पति नेपालमा लगानी गरेका छौं । त्यसको सुरक्षाको सम्बन्धमा, मुलुकमा भएको हामीहरूको पैतृक सम्पतिको सम्बन्ध र गोर्खा भुपुहरूको समानधिकारको आन्दोलनको सम्बन्धमा चासो र चिन्ता भएको देखिदैन । हामीहरूलाई दिइने भनिएको गैरआवासिय नेपाली नागरिकता जुन राजनितिक अधिकार र प्रशासनिक अधिकार बाहेक आर्थिक, सामाजिक र सास्कृतिक अधिकार मात्र दिइने भनिएको छ । यो अत्यन्त दुखद र खेद जनक कुरा हो । सबैलाई थाहा भएको र सत्य कुरा के हो भने जुन मुलुकमा नेतृत्व चुन्ने अधिकार हुदैन । जुन मुलुकमा नेतृत्व गर्ने अधिकार हुदैन । त्यो मुलुकमा बोल्ने अधिकार पनि हुदैन । जुन मुलुकमा बोल्ने अधिकार हुदैन त्यो मुलुकमा सम्पतिको त के मान्छेको समेत सुरक्षा हुदैन । हाम्रो देशका शासकहरू अचम्मका छन ।

लगानी गर्नेलाई बिकसित मुलुकमा अधिकार सम्पन्न बनाउं छन तर हाम्रो मुलुकमा लगानी गर्नेलाई अधिकारबाट बन्चित गराउंछन । अनि हुन्छ कसरी विकास ? राजनितिक अधिकार बिहिन नागरिकतालाई विदेशमा भएको आम नेपालीहरूले स्वीकार नगरी रहेको अवस्थामा माग पुरा गर्नका लागी शान्तिपुर्ण आन्दोलन समेतको आव्हान नगरी अपुर्ण गैरआवासिय नेपाली नागरिकतालाई स्वीकार गरेको भान हाल सम्मका नेतृत्वहरूले गरेको गैरआवासिय नेपालीहरूलाई भएको छ । यी यावत बिषयहरूलाई कसरी पुरा गर्न सकिन्छ भन्ने चिन्ता चासो राखेर यो संस्थाको पदाधिकारी बन्न चाहेको हुन कर्मा पाहडी शेर्पा ।

हिजोको चलखेल, सोच, दृ्ष्टिकोण र व्यावहारलाई विदेशमा भएका आमनेपालीहरूको इच्छा, आकंक्षा, चाहाना, सोच र दृष्टिकोणमा रपान्तरण गरेर हामी नेपाली । हाम्रो मुलुक नेपाल । हामी त्यो मुलुकको नागरिक भएको नाताले राज्यसंग हाम्रा साझा मागसंग केन्द्रित भएर दबाव मुलक कार्यक्रम गर्ने र प्राप्त नभए शान्तिपुर्ण आन्दोलन सम्म गर्ने प्रतिबद्धता गरेको देखेको र सुनेको छु । यो बिचारलाई जनसमुदय संग प्रष्ट पारेर अगाडी बढ्नु हुने शेर्पा अग्रगामी र परिवर्तनका पक्षपाती हुन । महासचिवका उमेदवार कर्मा पाहडी शेर्पाले मात्र चाहेर महासचिवका उमेदवार कर्मा पाहडी शेर्पालाई आफ्नो अमुल्य मत दिई बिजयी गरि दिनुहुन बैलायतवासी बाआमा, दाजु भाई तथा दिदी बहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।

भक्तबहादुर दुरा, संयोजक, अग्रगामी समूह बेलायत ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here