शुभराज भोम्जन

दक्षिण कोरिया । कोरियाली चाड छुसकको अवसरमा रामेछाप सम्पर्क समिति दोलखाली समाज र सिन्धुपलान्चोक समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको मंगाेलियन हर्ट लाइभ कन्सर्ट एण्ड सांगीतिक धमाका २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आउँदो सेम्प्टेम्बर १२ मा कोरियाको राजधानी सौलस्थित aw कन्भेन्सन सेटर हारिम गागमा हुन लागेकाे कार्यक्रमको तयारी ९५ प्रतिशत पूरा भएको आयोजक समितिका सदस्य एवं रामेछाप सम्पर्क समितिका अध्यक्ष रभिप्रताप घिसिङले जानकारी दिए ।

कार्यक्रमबाट उठेको नाफा रकमबाट तीन जिल्लाको दुर्गम भेगको स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कन्सर्टमा राजु लामाको मंगाेलियन हर्ट ब्याण्ड सँगै चर्चित गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल सिजन १ का सेकेण्ड रनरअप प्रताप दास, चर्चित मोडल अन्जली अधिकारीलगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रमका लागि नेपालबाट सबै कलाकारहरु सेप्टेम्बर ११ तारिखमा कोरिया आइपुग्ने आयोजकले जनाएको छ । लाइभ कन्सर्टमा सहभागी हुनको लागि दोङ्देमुनबाट निःशुल्क बसको व्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here