काठमाडौं । किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले छुट्टै विद्यार्थी संघ घोषणा गरेका रामचन्द्र राई नेतृत्वको विद्यार्थीहरुको मागबारे आफू अनविज्ञ रहेको बताएका छन् ।

उनले रामचन्द्र नेतृत्वको विद्यार्थीहरुले आफूहरु असन्तुष्ट हुनुका कारण र आफ्नाे माग कहिल्यै पनि आफूसँग नराखेको दाबी गरे । ‘उनीहरुको कुरा के हो भन्ने त संस्थागत रुपमा आउनुपथ्र्यो होला, उनीहरुले हाम्रो कुरा यो हो भनेर केही भनेका छैनन्,’ अध्यक्ष राईले भने, ‘उनीहरुको न माग छ, न छलफल भएको छ, त्यतिकै बाहिर-बाहिरै गल्तीमाथि गल्ती गरिरहेका छन् ।’

गत जेठ दोस्रो १६ गते यायोक्खा इलामको कार्यक्रममा आफूलाई कालो झण्डा देखाएर गल्ती गरेको रामचन्द्र नेतृत्वले गत भदौ १८ गते झापाको दमकबाट छुट्टै विद्यार्थी संघ घोषणा झन् गल्ती गरेको अध्यक्ष राईको भनाइ छ ।

उनले आफूलाई राजनीतिक रंग दिनेहरु नै चौबिसै घण्टा पार्टीको झोला बोकेर हिड्ने गरेको पनि बताए ।

‘म कहिले पनि पार्टीको नाम लिन चाहन्न । म राजनीतिक रुपमा निस्क्रिय बसेको मान्छे हुँ,’ उनले भने, ‘जसले मलाई राजनीतिको रंग लगाएका छन्, उनीहरुचाहिँ पार्टीको होलटाइमर कार्यकर्ता हुन्, चौबिसै घण्टा पार्टीको झोला बोकेर हिडिरहेका छन् ।’

उनले आफूहरु प्रदेश नं १ लाई किरात प्रदेश नामाकरणको आन्दोलनमा हिडिरहेको बेला यायोक्खामाथि आक्रमण गरी कतै पहिचानको आन्दोलन नै कमजोर बनाउने खेल त होइन ? भन्दै प्रतिप्रश्न गरे ।

आफू एमालेनिकट लोकतान्त्रिक किरात राई संघको अध्यक्ष भएपनि पार्टीको काममा निस्क्रिय रहेको उनले बताए ।
किरात प्रदेश प्राप्तिको आन्दोलनमा लागिरहेका आफूमाथि भ्रमपूर्ण आरोप लगाइएकोमा उनले दुःख व्यक्त गरे ।

तर

रामचन्द्र राईले भने आफूहरुको मागबारे लिखित रुपमा यायोक्खामा पत्र नबुझाए पनि यायोक्खाका अध्यक्ष दिवस राई र महासचिव जनक राईसँग भेटघाट गरी छलफल गरिएको दाबी गरेका छन् ।

दमकबाट राई विद्यार्थी संघ घोषणा गर्नु दुई घण्टा अघि पनि र यायोक्खाका महासचिव जनक राईसँग १५ दिनअघि भेटेर जानकारी गराइएको उनले दाबी गरे ।

खोटाङमा भएको संघको ९औं राष्ट्रिय सम्मेलनमा आयोजक समितिबाट मात्रै भोटिङ गर्न खोजेपछि नै आफूहरुले नोमिनेशन गरिसकेको भए पनि भोटिङ बहिष्कार गरेको उनले बताए ।

‘हामीले नोमिनेसशन हालेको हौ तर भोटिङ चाहिँ बहिष्कार गरेको हौ,’ उनले भने, ‘जिल्लाका प्रतिनिधिहरुलाई छोडेर आयोजक कमिटिभित्रै मात्र भोटिङ गर्ने भएपछि हामीले मानेनौ, उहाँहले भोटिङ गर्नुभो ।’

सम्मेलनमा आयोजक कमिटिबाट मात्रै भोटिङ गरिएकाले कूल ३६ मत मात्रै खसेको उनको भनाइ छ ।
रामचन्द्रले आफूलाई फोटोमा राजावादीको तस्बिर फोटोसपबाट जोडेर आफ्नाे चरित्र हत्या गर्ने भइरहेको बताए।

4 COMMENTS

  1. दुरदर्सिता नेत्रित्वले देखाउनु पर्याे । छुटेर कसैकाे भलाई हुदैन ।

  2. याहा माथी भाको फोटो चै शङका जनक छ । यसकारण ले शङका जनक छ की यो फोटो को अनुहार राई जस्तै नै छैन ।
    भने अर्को कुरा के छ भने यायोख्खा ले राजनैतीक गर्छ की गर्दैन भन्ने हो । यदी राजनैतीक गर्छ भने पाटी को झणडा बोकेर ,त्यसतै परे फेटा बादेर चुनाब चिन्न बोकेर भोट चै याहा नै हाल्नु होला भन्दै देखाउदै जनतासामु कीन आउदैन ???

  3. सतय तथय भित्री कुरा के हो? समसया के हो? फरक बिचार, निती, सिधन्त के हो? कहाँ र कस्ले के गलत कार्यहरु गरेको हो? गल्ती कस्ले के मा गरे? कस्को माग र बिचार के हो? यो कुराहरु प्रस्ट हुनु पर्‍यो है !!!

  4. SACHCHAI, MATHI DEKHAIYEKO (FOTO) MAN6E RAI ! NAI HO ??? KI … NAK (NOSE) TA ‘ARYA’ (BAHUN BA HOINAN !) KO JASTO DEKHIN6A HAI !!!

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here