काठमाडाैं । स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा नेवारहरुको जातीय संस्था नेवा: दे दबुले आयोजना गर्न लागेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा डाकिएका भनिएका पर्यटनमन्त्री योगेश भटराईलाई कालो झण्डा देखाउने भनेपछि अन्तिम समयमा आमन्त्रित गरिएन ।

काठमाडाैं उपत्यकामा भएका साँस्कृतिक अतिक्रमण, जातीय बहिष्करण र भूमी हस्तक्षेप बिरुद्ध लड्न भनि स्थापना गरिएको नेवा: राजनीतिक अभियानले दे दबुका अध्यक्ष नरेश ताम्राकारलाई भेटी धम्कीपूर्ण ज्ञापनपत्र बुझाएको थियो ।

जसमा लेखिएको थियो, “गएको २०७५ पुष १० गते थँबहि (ठमेल) को कमलपोखरीलाई समाप्त पारेर छाँयादेवी कम्प्लेस बनाएको उद्घाटन गर्ने अहिलेका संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएकोमा साह्रै दुःख लाग्यो । नेवाःहरुको पहिचानसित सम्बन्ध भएको कमलपोखरीलाइ समाप्त पारेको विरोध गर्दै एकातिर नेवाःहरुले संघर्ष गरिरहेको समयमा सांसदको हैसियतले पछाडिको ढोकाबाट गएर छाँयादेवी कम्प्लेस उद्घाटन गर्नुहुने मन्त्री भट्टराईको सो कार्य एक किसिमले नेवाः विरोधी कार्य हो ।”

नेवाः राजनीतिक अभियानका अध्यक्ष श्रीकृष्ण मानन्धरद्धारा हस्ताक्षरित ज्ञापनपज्ञमा भनिएकोछ – “नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट उहाँलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो घोर आपत्ति छ । उहाँलाई प्रमुख अतिथि नबनाउनका लागि अनुरोध पनि गर्दछौं । उहाँलाई प्रमुख अतिथि बनाएमा त्यहाँ नेवाःहरुले विरोध गर्यो वा कुनै पनि किसिमको घटना घट्यो भने त्यसको जिम्मेवारी स्वयं दे दबू नै हुनेछ भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।”

नेवारको गुठी मासेर बनाइएको छाँयादेवी कम्प्लेक्स उद्घाटनमा आएका योगेशलाई बोलाइए कार्यक्रमस्थलमै घुसी कालोझण्डा देखाउने र बहिष्कार गर्ने निर्णय गरि त्यहि बमोजिम तम्तयार बसिएको थियो ।

“हिंजो बुधवार भएको वार्तामा दे दबुका नेतृत्वले ढिलो भैसक्यो अब पछाडि हट्न सम्भव छैन भनेपछि हामी तयार अवस्थामा थियौं ।” नेवा: राजनीतिक अभियानका अभियन्ता भागवत प्रधान भन्छन्, “हाम्रो अडान र तयारी थाहा पाएको दे दबुले बिहिवार ८ बजे आकस्मिक बैठक बोलाई मन्त्री योगेशलाई नबोलाउने निर्णय गरेपछि हामी पछाडि हट्यौं ।”

मन्त्रीलाई नबोलाइएपनि कार्यक्रमस्थल नेवा: पार्टी प्यालेस अगाडि कोणसभा गरेर अभियानका सदस्यहरु फर्किएकाछन् । अन्तिममा आयोजक संस्थाले मन्त्री योगेशलाई नबोलाउने निर्णय गरेर आफु-आफु आमने सामने भिड्न तम्तयार भैसकेका नेवारहरुबीचको द्धन्द्ध तत्काललाई टरेर गएकोछ । तर गुठी अभियानमा एकजुट भइ लडेका नेवार समुदाय यो घटनापछि विभाजित जस्तो देखिएका छन् । फ्रिप्रेसनेपालबाट 

 

1 COMMENT

  1. Newa Haruko Ekata Ma yesta Kura Le Kehi Pravab Pardaina, Guthi Bidhayek ko Ladain Kunai Rajnaitik Parti ko Ladain Hoina Bhanne Hekka Rakhaun.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here