-ऋषि राई

मलाई प्यारो लाग्छ विश्वास
किनकी मैले तिमी भित्र म देखेको छु
तिमी भित्र म देख्नु नै सायद मेरो तिमी प्रति अपार विश्वास होला ।

यदि तिम्रो आँखामा कालो पट्टी बाधिएको छ भने तिमी प्रमाण खोज्ने छौं
म सँग ठोस प्रमाण त नहोला तर तिमी दुःखी हुँदा किन यो मन भारी हुन्छ ?
तिमी पिडा बोध गरिरहँदा मलाई किन मृत्यु शैयामा मृत्यु सँग पौठे जोरी खेलिरहेको कुनै अपरिचित व्यक्ति जस्तो महशुस हुन्छ ?
किन होला तिमी र म बीच विश्वासले यति बिघ्न नजर डुलाएको
उसका नजरहरु प्रति नै मलाई अविश्वास बढ्न थालेको छ
कतै हामी बिच विश्वासको नकाप लाएर कतै अविश्वास चलखेल त छैन ।

चौतारीको त्यो बुढो बर-पिपलको एक अर्का प्रतिको विश्वास कति अटुट अपार
बरको काखैमा बटुवा लडिबडी खेल्दा पनि पिपलले कहिले गुनासो गरेन
तर त्यही बटुवा भन्छ बरको हागा झरेर मलाई लाग्न सक्छ
बटुवाको वर प्रति कति अविस्वास जसले सितल त दियो, थकान मार्ने काख दियो
त्यसैले विश्वास र अविश्वासको अन्तरसंघर्ष जारी छ ।
महादेवले विष पान गरे जस्तो म सबै दु:ख कष्ट सहन तयार छु
मेरो भागको सानो खुसी पनि तिम्रो नाममा चडाउला
तर हाम्रो विश्वास माथि अविश्वासले नजर उठाउने कु-चेष्टा नगरोस् ।
मलाई विश्वास देउ म तिमीलाई प्राण दिन्छु ।

-ऋषि राई

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here