काठमाडौं– संघीय समाजवादी फोरम नेपालनिकट ‘संघीय समाजवादी शिल्पी महासंघ’ र नयाँ शक्ति पार्टी नेपालनिकट ‘दलित शक्ति नेपाल’बीच शुक्रबार समायोजन सम्पन्न भएको छ ।

समायोजनपछि खिमबहादुर विश्वकर्माको अध्यक्षतामा ‘समाजवादी दलित मुक्ति महासंघ’ घोषणा गरिएको छ ।
महासंघको उपाध्यक्षमा मिनबहादुर परियार, चमेलीदेवी दास, सुनिता मरिक, सोमबहादुर नेपाली र लालबहादुर विश्वकर्मा छन् ।
महासचिवमा रणबहादुर रम्तेल र उपमहाचिवमा शान्ती धतानी छन् ।
यसैगरी सचिवमा सुनिल विश्वकर्मा, अर्जुन राम, होपबहादुर नेपाली, डिबी नेपाली (सोलु), कोषाध्यक्षमा इन्दिरा खाती र सहकोषाध्यक्षमा भक्तबहादुर दर्नाल छन् ।

महासंघ घोषणा कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दुवैको उपस्थिति थियो ।

दुवै अध्यक्षले संयुक्त रुपमा महासंघको व्यानर सार्वजनिक गरेका थिए ।


घोषणा सभामा पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, हिसिला यमी, उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, सचिव दुर्गा सोव, महासंघका इन्चार्ज डिबी नेपाली, राष्ट्रिय सभा सदस्य रामप्रित पासवानलगायत थिए ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here