उदयपुर- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं १ अध्यक्षमा अर्जुन जम्नेली राई निर्वाचित भएका छन् ।

शुक्रबार उदयपुरमा सम्पन्न महासंघ प्रदेश नं १ काे प्रथम महाधिवेनबाट राई निर्वाचित भएका हुन् । खाेटाङबाट झापा बसाइँ सरेका उनी सार्वजनिक डटकममा आवद्ध छन् ।

महाधिवेनबाट राईकाे अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन गरेकाे हाे ।

समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक छन् भने महासचिवमा विदुर खावास निर्वचित भएका छन् ।

त्यसैगरी संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर निर्वचित भएका छन् भने काेषाध्यक्षमा सुसन राई छानिएका छन् ।

सदस्यहरुमा बीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन छन् ।

महिला सदस्यहरुमा साहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ छन् । संस्थागत सदस्यहरुमा नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ छन् । अल्पसंख्यक सदस्यमा विजय धिमाल चयन भएका छन् ।

लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरुमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् ।

महाधिवेशनमा प्रदेश नं १ का १२२ जना प्रतिनिधिको सहभागिता रहेकाे थियो । महाधिवेशनकाे उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । महाधिवेशनले १९ बुँदे उदयपुर घाेषणापत्र समेत जारी गरेकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here