काठमाडाैं- पत्रकार शालिकराम पुडासैनीकाे रहस्यमय मृत्यु प्रकरणमा जाेडिएका जनतासँग सिधा कुरा कार्यक्रमका प्रस्ताेता रवि लामिछाने पक्राउ परेका छन् ।

लामिछानेका साथै युवराज कँडेल समेत पक्राउ परेकाे काठमाडौं प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबारमात्र सार्वजनिक भएको थियो । जसमा पुडासैनीले लामिछानेसहित लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आफ्नाे मृत्युकाे कारण रहेकाे बताएका थिए । कार्की पनि यसअघि नै पक्राउ परिसकेकी छन् ।

नुवाकोटका स्थायी घर भएका पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीले मृतकको साथबाट बरामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याब रिपोर्टका आधारमा अनुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here