काठमाडाैं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । काठमाडौंमा उनलाई सञ्चारकर्मी रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो ।

लामिछानेसहित आरोपित युवराज कंडेल अहिले प्रहरीको निगरानीमा छन् । नेपाल प्रहरीको ल्याब रिपोर्ट पनि चितवन पुग्ने क्रममा रहेको छ ।

आज बेलुकी वा भोलि लामिछाने र कंडेल बिरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।

प्रहरी नियन्त्रणमै राखेर चर्चित सञ्चारकर्मी लामिछानेसहित कँडेल र कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here