तस्बिरः कुमार लिङदेनबाट

काठमाडौं– आरक्षण बचाऔ आन्दोलनअन्तर्गत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र अपाङ्गता भएका नागरिकहरुले मंगलबार आरक्षण कायम गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटरमा धर्ना दिएको छ ।

लोकसेवा आयोगले संविधानमा भएको समावेशी व्यवस्था विपरीत स्थानीय तहमा ९ हजार १६१ जना कर्मचारी भर्नाको विज्ञान गरेपछि आरक्षण बचाऔ आन्दोलन सुरु गरिएको थियो ।

तस्बिरः सुकवीर थामीबाट

संवैधानिक व्यवस्था उल्लंघन गरिएकोमा आपत्ति जनाउँदै तथा आयोगको असंवैधानिक विज्ञावन रद्द गर्न माग गर्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता, सामान्य प्रशासन मन्त्रीसहित सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाइएको थियो ।
तर सरकारले आफूहरुको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नगरेको भन्दै निरन्तर आन्दोलन अनुरुप गत साउन १६ गतेदेखि दोस्रो चरणको आन्दोलन थालिएको थियो ।

प्रधानमन्त्री निवास घेराउको क्रममा प्रहरी र आन्दोलनकारीबिच सामान्य झडप समेत भएको छ ।
आन्दोलनमा भिजिलान्तेहरुको घुसपेट भएको हुन सक्ने बताइएको छ । भिजिलान्तेहरुले नै प्रहरीमाथि पानीको बोतल र ढुंगा हानेको आशंका गरिएको छ ।

तस्बिरः कुमार लिङदेनबाट

आदिवासी नेता आङकाजी शेर्पाले भोलि साउन २९ गते पनि प्रधानमन्त्री निवास घेराउ आन्दोलनमा सहभागी हुन न्यायप्रेमी जनतासँग अपिल गरेका छन् ।

‘आदिवासी जनजाति मधेसी दलित शिल्पीहरुको प्रतिनिधित्व सुनिश्चित गर्नको लागिनै हामीले आन्दोलन गरेका छौं,’ शेर्पाले भने, ‘भोलि बिहान ११ बजे फेरि यही आन्दोलनमा सहभागी अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here