विर्तामोड- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सङ्घीय समितिका सचिव कमन देवानले अन्यायका विरुद्ध पत्रकारहरूले बोल्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले आयोजना गरेको २०औं फोनिज स्थापना दिवस तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सचिव देवानले सो कुरा बताएका हुन् ।

उनले भने, ‘सरकार र लोकसेवा आयोगले आरक्षण कोटा कटौती गरेर विभेदित जनतालाई थप अन्यायमा पारेको छ । पत्रकारले अन्याय विरुद्ध न्यायको पक्षमा बोल्नुपर्छ ।’

संविधानको मौलिक हकका रूपमा स्थापित समावेशीताको अधिकारलाई वर्तमान सरकारले कुन्ठित गर्न खोजेको भन्दै देवानले असन्तुष्टि पोखेका थिए । उनले फोनिज अब सशक्त सङ्गठनका रूपमा विकसित भएको भन्दै २०औं स्थापना दिवसमा सबैसँग शुभकामना साट्न चाहेको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here