काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य जाँच गराएर साेमबार नेपाल फर्किएका छन् । प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँच गराउन सिंगापुर गएका थिए ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ओलीले ट्विटरमा ट्वीट गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

उनले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here