आम सञ्चारमाध्यम (मास मिडिया)ले कसैका कार्यक्रम वा मुद्दाबारे समाचार नै बनाइदिएन भने पनि सूचना प्रवाह नरोकिने किसिमले प्रविधिको विकास भएको छ ।

फेसबुक, ट्वीटर, इस्टाग्राम, युट्युब जस्ता सामाजिक सञ्जाल मास मिडियाको विकल्प बनेका छन् । अहिले फेसबुक सबभन्दा सजिलो र पहुँचयोग्य सोसल मिडिया बनेको छ ।

आइतबार ‘आरक्षण बचाऔ आन्दोलन’ले सिंहदरबार अगाडि (भद्रकाली) धर्ना दिने कार्यक्रम राखियो । आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम लगायत सम्पूर्ण उत्पीडितहरुको आन्दोलन भनिए पनि उपस्थितिका हिसाबमा आन्दोलन कमजोर देखियो । आन्दोलनकारीहरुभन्दा प्रहरीहरु बढी देखिए ।

सार्वजनिक गपशप

आन्दोलनकारीहरुको उपस्थिति कम भएकाले नै १४ जना आन्दोलनकारीहरुलाई भटाभट समातेर गाडीमा हाल्दै नजिकै रहेको महेन्द्र पुलिस क्लबमा लैजान प्रहरीलाई सहज भयो ।

आन्दोलनमा प्रहरीको दमन भएपछि तथा प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएपछि आक्रोश पैदा हुनुपर्ने हो तर उनीहरुका अनुहारले त्यस्तो देखाएन ।

नियन्त्रणमा परेकाहरुले नै आफ्नाे हसिलो मुखाकृति भएका सेल्फी तस्बिरहरु सोसल मिडियाबाट सार्वजनिक गरे ।
वास्तवमा आन्दोलनले नेता र नेतृत्व निर्माण गर्दछ ।

प्रहरी गिरप्तारीमा पर्नुलाई नेतृत्व निर्माणको अभियानको रुपमा बुझिएकाले नै होला हेर्नुस त सोसल मिडियाका तस्बिरहरु ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here