बुटवल– राजनीतिक विश्लेषक सिके लालले लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आरक्षणलाई खारेज नै गरेको बताएका छन् ।

आरक्षणलाई सिधै खारेज गरेको नभनिए पनि घुमाउरो ढंगले खारेज गरिएको उनको भनाइ छ ।
‘लोकसेवा आयोगको र सामान्य प्रशासन मन्त्रालयले आरक्षणलाई खारेज नै गरेको हो,’ २५औं विश्व आदिवासी दिवसको अवसरमा बुटलमा आयोजित कार्यक्रममा उनले भने, ‘सोझो रुपमा खारेज गरेको भनेको छैन तर नाक सिधै नसमातेर हात घुमाएर समातेर खारेज सरह गरेको हो ।’

उनले यथास्थितिले नै निरन्तरता पाउने र फेरि पनि एउटा पुस्ताले दुःख पाउने बताए ।
फरक प्रसंगमा उनले बाहुनहरुले हाल चलाखीपूर्ण तरिकाले आफूलाई खस आर्य बनाएका बताए ।
खसहरु जनजाति भएको उनको भनाइ छ ।

‘गोरखा राज्यको विस्तार गर्ने मगर, गोरखा राज्यको विस्तार गर्ने गुरुङ, गोरखा राज्यको विस्तार गर्ने खस जनजाति,’ उनले भने, ‘तर अहिले बडा चलाखीपूर्वक बाहुनहरुले आफूलाई खस आर्य भनेर बनाएका छन् । तर त्यो होइन ।’
उनले बन्दुक बोक्ने चौकिदार बन्दुकको मालिक नभएको बताए ।

आदिवासी जनजातिहरु राज्यको चौकिदार मात्रै भएको उनले बताए । ‘बन्दुक त चौकिदारले बोक्छ गेटमा । तर के उ बन्दुकको मालिक हो ? बन्दिकको मालिक त माथि तलामा बस्ने हो,’ नेपाली सेनाको प्रमुखमा छत्रबहादुर गुरुङ पुगेको प्रसंग निकाल्दै उनले भने, ‘जर्नेल नै बन्नुभयो पनि चौकिदार नै हो ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here