कुमार राई
फेसबुक वा युट्युबमा एकजना मित्रले के उद्देश्यले वा नियतले हो बिरुपाक्षका बिषयमा अमर्यादित असान्दर्भिक शब्दहरु जोडेर एउटा बिचार वा लेख सार्वजनिक गर्नुभएको छ । यो लेख धेरैले पढिसक्नु पनि भएको छ ।

यो लेखले कतिलाई उत्तेजित तुल्याएको होला त कतिलाई दुःखित तुल्याएको होला । तर म उत्तेजित पनि छैन र दुःखी पनि । यो लेख पढेपछि मलाई त लेखकप्रति जान्ने सुन्ने जिज्ञासा जागेको छ ।

मेरो त बिरुपाक्षप्रति हल्का अध्ययन वा जानकारी थियो । तपाईंको त उनीप्रति व्यापक र गहिरो अध्ययन रहेछ कि भन्ने लागेर केही जिज्ञासा र प्रश्न राख्न लागेको छु । कृपया लेखकज्यू उत्तरको प्रतिक्षामा रहनेछु ।

१) तपाईंले लेख्नुभएको बिरुपाक्षको कथा पुराण, कथा,
कुन काब्य वा महाकाब्य, नीति शास्त्र (नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी) मा उल्लेख भएको छ ?
२) बिरुपाक्ष कुन कालखण्ड वा युग (सत्य, त्रेता, द्वापर
र कलि) का हुन् भनेर निरुपण गर्नुभएको छ ? मान्छेको
चरित्र वा अचार युग सापेक्ष पनि हुन्छ होइन ? यस
बिषयमा अगाडि बढ्नुभन्दा बिरुपाक्षको कालखण्ड
निरुपण गर्नुपर्‍यो नि ।
३ं) लेखकज्यू यो लेख जुन लेख्नुभएको छ कुन नियतले
लेख्नु भएको हो ? शब्दहरू र तिनका प्रयोग दुराग्रहपूर्ण
देखिन्छ । त्यो लेख समाजिक सन्जालमा राखेर के
उपलब्धि हासिल गर्नु भयो ?
४) बागमती नदिको किनार, पशुपति मन्दिरको परिसरमा
फरक अनुहार (बिरुपाक्ष) देखेपछि तपाईंको करुणामय
प्रज्ञामा असह्य जलन भएर यस्तो लेख्नु भएको पो
हो कि ?

५) मनोरञ्जनका लागि लेख्दा यस्ता गम्भीर बिषयमा
जानु सबैका लागि अहित हुने भएकाले अगाडि
बढ्नु हानिकारक हुन्छ भन्ने ठहर गर्नु उचित होला ।
बिरुपाक्षको बिषयमा मेरो गहिरो अध्ययन
छैन । तथापि उनको बिषयमा दुईचार बुँदा राख्न चाहान्छु ।

उहिले एउटा बालक जन्मेछ्न् उनको नाम लोमश राखेछन् ।
उनी अल्पायुका रहेछ्न् । दीर्घायुका लागि शिवका आर्धना
गर्दा उनी चिरायु भए । अनि लोमश ऋषिले कहलिए । त्यस
प्रसङ्गका थुप्रै शिव सम्बन्धि स्तुति लेखिए होलान् । त्यसमध्ये श्रीमार्कण्डेय ऋषिद्वारा रचित महामृत्युञ्जयस्तोत्रम्
हेर्दा त्यहाँ बिरुपाक्षको नाम उल्लेख छ ।

१) नीलकण्ठं बिरुपाक्षं निर्मलं निलयप्रभम् ।
नमामि शिरसा देवं कि नो मृत्युः करिस्यती।।३।।

यहाँ हेर्दा शिवजीका नाम महादेव, निलकण्ठ, बिरुपाक्ष,
मँहाकाल, रुद्र, पशुपति ,जगत नाथ, बृषभध्वज,
महाभैरव, बिश्वेस्वर,उमापती, बामदेव, लोकनाथ,
जगतगुरु, गङ्गाधर, महेश्वर, मृतुञ्जय भगवान, ईश्वर, योगेश्वर, सिद्देश्वर, शम्भु, कारणेश्वर,
इत्यादि छ्न् ।

कुमार राई

यी नामहरुमध्ये बिरुपाक्ष पनि उल्लेख छ ।
र शिवजीको असली रुप बिरुपाक्ष हो । बिरुपाक्ष शिवको
मुर्तरुप हो । कैलाश, श्लेष्मनतक वनतिर शिवजीले
वन बिहार गरेको भनेर स्वस्थानी ब्रतकथामा उल्लेख छ त ।
यसैको आधारमा यो शिवको बासस्थान, कृडास्थल भनेर
कुनै हस्तसिद्ध मुर्तिकारले कुनै कालखण्ड्मा किरात स्वरुप
शिव मुर्ति कुँदे । वास्त्वमा यो मुर्तिलाई पुजिनुपर्ने हो । तर
अमुर्त एउटा ढुङ्गालाई पुज्न आरम्भ गरियो । किन यस्तो भयो र
गरियो । यस बिषयमा अहिले जानु असान्दर्भिक होला ।

२) बेलाबेलामा बिरुपाक्षको बिषयमा यहाँ चर्चा चल्ने
गर्दछ । एकताका बिरुपाक्षको बिषयमा यस्तो हल्ला चलाइयो, बिरुपाक्ष भनेको कलि हो, उ जतिजति बाहिर आउँछ पृथ्वीका प्राणीले दुःख कष्ट भोग्नुपर्छ । कलीयुग मध्य हुन्
लाग्यो अब संसार ध्वस्त हुने भयो भन्ने अफवाह फैलाउने
काम पनि गरिएको थियो । यस हल्लाले समाजमा एक प्रकारको त्रास फैलाएको थियो । किरात अनुहारको कलिले हाम्रो नाश गर्ने भएछ । किरात हाम्रो लागि अभिशाप रहेछ भनेर किरातीप्रति गहिरो जातीय घृणा जगाउने खतरनाक खेल हुन सक्छ कि सक्तैन ? र हालमा प्रकाशित यो लेख पनि किरातीप्रती जातीय घृणा जगाउने खेलको निरन्तरता त होइन ? त्यसकारण यस्ता बिषय हरुलाई हामीले गम्भीरतापूर्वक लिन जरुरी छ ।

बिरुपाक्ष र कलीको अफवाह बजारमा आइरहँदा म स्वामी
परपन्नचार्यबेदान्तचार्य कहाँ गएको थिएँ । मैले केही जान्नु थियो,
बुझ्नु पनि थियो । कुरो जटिल पनि हो । मलामी जाँदा पशुपतिनाथ मन्दिर परिसरमा, बागमती नदी किनार ब्रम्हनालनजिक एउटा किरातीको म जस्तै अनुहार भएको मुर्ति देख्ने गर्थें ।

यो कलीको मुर्ति भनेर जाने । केही समयपछि त्यो मुर्तिको नाम
बिरुपाक्ष (बिरुप अक्ष- नराम्रो आँखा) अरे भनेर सुनेको
थिए । अनि त्यही कुरा बिरुपाक्ष को हुन् भनेर सोधेर बुझ्न स्वामी प्रपन्नचार्य कहाँ जादाँ उहाँले शिवजीलाई बिरुपाक्ष पनि भन्छ्न् भन्नुभयो । मैले पुनः सोधेँ, किन बिरुपाक्ष
भनिएको भन्दा शिवजीको आँखा नराम्रो भएकोले भन्ने
उहाँको जवाफ थियो । स्वस्थानी कथा, महामृत्युअञ्ज्यस्तोत्रम् र स्वामी
प्रपन्न्चार्यबेदान्तचार्यजी (यी प्रमाणहरुको आधारमा बिरुपाक्ष शिव हुन् भन्ने कुरामा विश्वस्त छु र सबैलाई विश्वास दिलाउन चाहान्छु । (यो सामग्री राईको फेसबुकबाट लिइएको हो । उनी राजनीतिज्ञ समेत हुन्)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here