पोखरा– डिभिजन सडक कार्यालय पोखराका प्रमुख इन्जिनियर हरि पोखरेल ९ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले बिहीबार साँझ पोखरेललाई उनकै घरबाट पक्राउ गरेको हो ।
उनले विन्ध्यावासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग उक्त रमक घुस लिएको आरोप लागेको छ ।

पोखरेलले घुस लिएको सूचना पाएपछि अख्तियारको विशेष टोलीले घरबाटै उनलाई नियन्त्रणमा लिएको हो । र हाल उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here