कम्युनिस्टहरुले नेपालका आदिवासी, दलित, मधेशी समुदायलाई सिध्याएर मात्र छोड्ने छन् भन्दा हाम्रै आदिवासी साथीहरु हामीसँगै रिसाउँछन् ।
के गर्ने परिस्थिति त्यस्तै छ ।

विशेषतः आदिवासी समुदायको कुरा गर्ने हो भने,
अहिलेसम्म एमाले, कांग्रेसका आदिवासी नेताहरुले हाम्रो आदिवासी समुदायलाई पकड वा गुमराहमा राख्न सफल भएका छन् ।
एमाले, कांग्रेसका आदिवासी नेताहरु आफ्नो समुदायलाई पकड वा गुमराहमा राख्न सफल भएकोमा उनीहरु आफैसँग गर्व पनि गर्छन् ।
तर सहि बाटोको लागि त्यसरी आदिवासी समुदायलाई पकडमा राख्न सकेको भए ती नेताहरुलाई धन्यवाद दिनैपर्थ्यो ।
तर कम्युनिस्ट शिर्ष नेताहरुले डिजाइन गरेको ब्लाक होलको लागि आदिवासी सेक्टरका तेस्राे, चौथाे, पाँचौ, छैठौ तहका नेताहरुले आफ्नो समुदायलाई फकाइ-फुल्याइ ब्लाक होलतिर लगिरहेको देख्दा,
तपाईं हामी जतिको दुई चार अक्षर बुझ्ने मानिसहरुलाई असह्य पीडा हुन्छ ।

एकदम सचेत बनौ ।
आरक्षण,
संसद निर्वाचनको समानुपातिक प्रणाली सबै खारेज गर्ने तयारीमा छन् कम्युनिस्टहरु । र यसमा कांग्रेसको पनि समर्थन रहेको हुन्छ ।

अब, बुझेर पनि नबुझेजस्तो गर्नेलाई त के भन्नू र !
तर तपाईं हामी सचेत व्यक्तिहरू पहिचान बिरुद्धमा हुने निर्नयहरुलाई प्रतिकार गरौ ।

जय लिम्बुवान, जय १०+१ प्रान्त । कुमार लिङदेनकाे फेसबुक पेजबाट ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here