ललितपुर– नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनी कांग्रेसका डडेलधुरा जिल्ला सदस्य तथा नागरिक समाज डडेलधुराका अध्यक्ष हुन् ।

सिंहसहित ५१ जना युवा कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका छन् । जसमा नेकपा परित्याग गरी समाजवादीमा प्रवेश गर्नेहरु पनि छन् । कार्यक्रम समाजवादी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको हो ।

समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले उनीहरुलाई स्वागत गरेका छन् ।

तस्बीरः अशोक राई

समाजवादीमा प्रवेश गरेपछि सिंहले नेपाली राजनीतिको नयाँ वैकल्पिक शक्ति समाजवादी पार्टी नै भएको बताए ।

उनले भने, ‘नेपाली समाजको राजनीतिक नयाँ शक्तिको रुप भनेकै समाजवादी पार्टी हो । पार्टीले बोकेको संघीयता, सुशासन, समृद्धि र समाजवादको बाटो नै सम्पूर्ण जनताको चाहना हो । त्यसैले म यो पार्टीमा प्रवेश गरेको हुँ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here