एमाले छोडेर संघीय समाजवादी । अनि त्याे छोडेर नयाँ शक्ति अनि त्याे छोडेर माओवादी प्रचण्डवादी । अनि त्याे पनि छोडेर फेरि एमालेमै झोले, दास, नोकर, गोठालो हुनमा सिमाहिन खुशी भइरहेको कथित भूपूअध्यक्ष पनि हुँ आदिवासी जनजाति महासंघको भन्ने अनि जनै लाउन नपाएर मुर्मुरिएको र कसैले शर्मा भनिदिए हुन्थ्यो भनी पुकार गर्ने पासाङ शर्मा हिजोआज सम्पूर्ण आदिवासीविरुद्ध रासायनिक हतियार छरिरहन व्यस्त छन् ।

आदिवासीको विश्वास, मूल्य र मान्यताको धज्जी उडाउँदै मालिक खुशी पारेर एउटा डाक्टर जजमान गौतम (झुक्किएर गुरुङ पनि भन्छन् मान्छेहरु तर) नेपाल खोइ के जाति प्रती स्थापनमा सदस्य सचिव पड्काएर आजकाल आफ्नो रुप हेरि आफैं दङ्ग भएर बसेको छ ।

समावेशीको विरुद्धमा राज्य व्यवस्था समितिमै असहमति राखेर मालिक खुशी पारेर आफ्नो रुप हेरि आफैं दङ्ग भएको डाक्टर पराजय सुवेदी भनी चिनाउन नपाएकोमा अपार पिडाबोध भइ लुकाउन खोज्दाखोज्दै झुक्किएर आफै विजय सुब्बा पो हुँ त खासमा भनी झल्यास्स सम्झदै लिम्बुवानविरुद्ध जेहाद छेड्ने गजबको खलपात्र छ ।

यी तीन झोलेहरु चिन्नुहुन्छ त ? यी हाम्रा हुन् भनेर मान्नु होला र यिनैले फेरि तपाईंलाई मात्रै होइन हामीलाई नै सिध्याउन सक्छन् है । घरभित्रको शत्रु पर शत्रु भन्दा खतरनाक र घातक हुन्छन् है । सम्झी लेउदा मन रुन्छ धुर्धुरु खुस्या !

डेना खिपाकाे फेसबुकबाट

1 COMMENT

  1. मन छोयो। सान्दर्भिक लेख रहेछ। झोले नोकरहरुकै कारण ३ करोड नेपालीले कष्ट खेप्नु परेको हो।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here