खोटाङ– लोकसेवा आयोगको प्रश्नपत्र च्यातेको आरोपमा शनिबार विहान खोटाङको दिक्तेलबाट पक्राउ परेका दुईजनाले आफूहरुमाथि प्रहरीले यातना दिएको गुनासो गरेका छन् ।

आयोगको परीक्षा सुरु हुन लाग्दा दिक्तेल बहुमुखी क्याम्पसबाट पक्राउ परेका रविन खम्बू र एलबी मगरले राष्ट्रिय मानवअधिकारसमक्ष आपूmहरुमाथि प्रहरीले यातना दिइरहेको गुनासो गरेका हुन् ।

खम्बू र मगर क्रमशः नेपाल आदिवासी जनजाति महासंघ खोटाङ जिल्ला समितिका सचिव र सहसचिव हुन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायकै निर्देशनमा प्रहरीले आपूmहरुमाथि यातना दिएको दाबी गरेका हुन् ।

लोकसेवा आयोगले असंवैधानिक ढंगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन गरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएपछि ‘आरक्षण बचाऔ आन्दोलन’को परीक्षा बिथोल्ने आन्दोलन अनुरुप उनीहरुले प्रश्नपत्र च्यातेका थिए ।

सो लगत्तै प्रहरीले खम्बू र मगरका साथै मिलन चाहार र सविना अच्छामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अञ्छामी भने दिक्तेलबाट प्रकाशित हुने रुपाकोट साप्ताहिक आवद्ध पत्रकार हुन् । उनले आपूmलाई तस्बिर खिच्न गएको बेला प्रहरीले पक्राउ गरेको बताएकी छन् । उनीहरू सबै हाल प्रहरी हिरासतमै छन् ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here